
काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ ।
योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् । ३४ वर्षकी पौडेल हालसम्मकै कम उमेरमा पदमा बहाल हुन सफल भएकी छन् ।
पौडेलको यस क्षेत्रमा एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयबाट एम.बि.ए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् ।
उनी यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।
‘उहाँको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो,’ कम्पनीले जनाएको छ ।
यो पनि
चम्कियो सेयर बजार
काठमाडौं । आइतबार सेयर बजारमा उछाल देखिएको छ । निषेधाज्ञामा विभिन्न क्षेत्र बन्द भएसँगै सेयर बजारतर्फ लगानीकर्ताको आकर्षण देखिन्छ । सेयर बजार ५४ अंकले बढेको छ ।
बजार समग्रमा २.०७ प्रतिशतले बढेको हो । यस दिन सेयर बजार २६६५.१० बिन्दुमा अडिएको छ । आइतबार ७ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूह हरियाली छ ।
तीनवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथिले बढेको छ । महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर यसको सेयर मूल्य ३ हजार ४ सय ३७ रुपैयाँ कायम भएको छ ।
यता विशाल बजार कम्पनीको सेयर मूल्य पनि यहि अनुपातमा बढेको छ । यसको सेयर मूल्य ५ हजार ६ सय ८ रुपैयाँ कायम भएको छ । यता सिंगटी हाइड्रोको सेयर मूल्य पनि ९.९२ प्रतिशतले बढेर ३ सय ९९ रुपैयाँ कायम भएको छ ।
खरिद बिक्री रकममा ४२ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अगाडि छ । दोस्रोमा पुनर्बिमा र तेस्रोमा नेपाल टेलिकम रहेका छन । २२६ कम्पनीको १ करोड ५८ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको हो ।
रातोपाटी