शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

संघीय सरकारमा हृदयश त्रिपाठी स्वास्थ्य मन्त्रालय सम्हालिरहेका छन् ।

उनी एमाले होइनन् तर एमालेको सूर्य चिन्हबाट सांसद निर्वाचित भएका हुन् । त्रिपाठीजस्तै लुम्बिनीमा पनि उनका दुई कार्यकर्ता सूर्य चिन्हबाट प्रदेशसभा सदस्य बनेका थिए ।

तर उनीहरुले आफूहरु एमाले नभएको भन्दै मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेका छन् ।

त्रिपाठी र उनको समूहले केन्द्रमा ओलीलाई साथ दिएपनि प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई घात गरेका छन् ।

मुख्यमन्त्रीलाई आफूहरुको समर्थन नरहेको घोषणा गर्नेमा धर्म बहादुर लाल श्रीवास्तव र अजय शाही रहेका छन् ।

उनीहरुले साथ नदिएपछि पोखरेलमाथि थप संकट आइलागेको छ ।

यो पनि

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध ४२ सांसदको हस्ताक्षर, बन्ला नयाँ सरकार ? (हस्ताक्षरसहित)

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका १ जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् भने अरु २ जनाले साथ छाडेका छन् ।

जसका कारण पोखरेल थप संकटमा फसेका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दूगनारायण पाण्डेय राजीनामा दिएका छन् भने कपिलवस्तु–२ (२) का धर्म बहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेर विपक्षी गठबन्धनतिर लागेर हस्ताक्षर गरेका छन् ।

उनीहरुको हस्ताक्षर लगेर अहिले माओवादी , नेपाली कांग्रेसका सांसदहरुको टोली प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । आजै विमला ओली पनि माओवादीतिर लागेकी थिइन् ।

प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपनि विपक्षी गठबन्धनले विरोध गरिरहेका छन् ।

नियुक्तिको विषयमा लिएर अहिले ४२ जना सासंदहरुले हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्ध खानले रातोपाटीलाई बताए ।

उनले प्रदेश प्रमुखले विधि र विधान बसेर काम गर्नु पर्ने र पोखरेलको पुनर्नियुक्ति बदर गर्नुपर्ने माग रहेको बताए ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय