शुक्रबार , बैसाख ७, २०८१

बुटवल ।

लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् ।

प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।

प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको हो ।

पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् । जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् ।

उता, विपक्षी गठबन्धनले ४० सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी गरेको छ ।

 

यो पनि

शंकर पोखरेललाई एकपछि अर्को धक्का, एमाले सांसदले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशमा राजनीतिक सरगर्मी एकाएक तेज भएको छ । आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठन गर्ने प्रयासमा रहेका शंकर पोखरेललाई आफ्नै पार्टीका सांसदले नराम्रो धक्का दिएका छन् ।

४१ सांसदको गणना गर्दै एकल बहुमतको सरकार गठनको तयारीमा जुटेका पोखरेललाई सुरुमा सांसद विमला खत्रीले झट्का दिइन् । खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहने भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि पोखरेल ४० सांसदको समर्थनमा खुम्चिएका थिए ।

विपक्षी गठबन्धनसँग पनि ४० सांसद नै रहेको अवस्थामा संघीय सत्ताको जोडबलमा आफू नै मुख्यमन्त्री बन्ने अभियानमा रहेका पोखरेललाई अन्ततः एमालेका अर्का सांसदले पनि राजीनामा दिएर धक्का दिएका छन् ।

एमाले सांसद दूग नारायण पाण्डेले राजीनामा दिएका हुन् । उनी कपिलबस्तु २ क बाट विजयी भएका थिए ।

प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले पाण्डेको राजीनामापत्र आफ्नो टेबुलमा आइपुगेको पुष्टि गरे ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय