शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

लट्रीमा कार पर्ने भाग्य कमैको होला। तिनै भाग्यशालीमध्ये हुन् बेलायतका अडाम ग्रिफित।

गत अप्रिल २७ तारिखमा ‘ड्रिम कार गिभअवे’ले गरेको लट्रीमा अडामले मिटसुबिसीको ल्यान्सर इभोलुसन आइएक्स एफक्यू–३२० पाए। तर कार पाएको भोलिपल्ट नै उनी दुर्घटनामा परे।

साउथ वेल्स पुलिसका अनुसार दुर्घटना पोन्टिप्रिडमा भएको हो। चालक र यात्री दुवैलाई सामान्य चोट लागेको छ।

अडामले दुर्घटनापछि आफ्नो घटनाबारे फेसबुक पेजमा पोस्ट गरेका थिए। त्यसपछि उनी ‘ट्रोल’ बने। प्रयोगकर्तामाझ हाँसोको पात्र बने पछि अडामले पोस्ट हटाएका छन्।

दुर्घटनामा परेर गाडीको अगाडि र पछाडि भाग कुच्चिएको छ। यसको हुड र इन्जिन पनि बिग्रिएको छ।

कार चालकको नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको भनिएको छ।

मिटसुबिसीको ल्यान्सर इभोलुसन आइएक्स एफक्यू–३२० जापानको सबैभन्दा राम्रो कारमध्ये पर्छ। यो सन् १९९२ देखि २०१५ मा उत्पादन भएको र अति रुचाइएको कार हो।

‘ड्रिम कार गिभअवे’ बेलायतको प्रतिस्पर्धा कम्पनी हो। जसले समय–समयमा विभिन्न गिभअवे गर्दै आएको छ।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय