शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले अविश्वास प्रस्ताव फेस नगरी राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने बताएका छन्।

मुख्यमन्त्री पोखरेलले आज राजीनामा दिएका थिए। उनले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिदिएका छन्। फेरि नेकपा एमालेले पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेको छ।

एमालेसँग ४१ सदस्य छन् जुन सरकार बनाउन बहुमत पुग्छ।

तर प्रतिपक्षी दल कांग्रेस सांसद चौधरी भने पोखरेल अब मुख्यमन्त्री हुन नपाउने तर्क गर्छन्।

‘अविश्वास प्रस्ताव फेस नगरेको हुँदा अब शंकर पोखरेलजी आफैँ मुख्यमन्त्रीको उम्मेदवार बन्न पाउनु हुन्न,’ उनले सेतोपाटीसँग भने, ‘अब उहाँले अर्कै व्यक्तिलाई अगाडि सार्ने हो र त्यसको पनि हामीसँग औषधि छ।’

यो पनि

राजीनामापछि मुख्यमन्त्री पोखरेलले भने- जालझेल र तिगडम रोक्न यस्तो निर्णय लिएँ

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले संसदीय मर्यादाविपरित जालझेल र तिगडम भएपछि आफूले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन्।

मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमाले संसदीय दलको बैठकलाई सम्वोधन गर्दै पोखरेलले लुम्बिनी प्रदेशसभा सचिवालयलेसमेत अनावश्यक रूपमा जालझेल र तिगडम गरेपछि आफूले बाध्य भएर राजीनामा दिएको बताए।

‘मेरो नेतृत्वमा बनेको सरकार संविधानको धारा १६८ को २ बमोजिम गठन भएको थियो, केन्द्रमा विवाद भए पनि मैले मिलेर जाउँ भनेको थिएँ, तर माओवादी केन्द्रका साथीहरू मान्नुभएन,’ मुख्यमन्त्रीको भनाई उदृत गर्दै मन्त्री लिला गिरीले सेतोपाटीसँग भने।

‘मिलेर जाउँ भन्दा मान्नुभएन, मात्रै होईन नियम र संसदीय मर्यादा विपरीत प्रदेशसभा सचिवालयलेसमेत जसपाका सांसदलाई पदमुक्त गर्ने काम गर्‍यो,’ मुख्यमन्त्रीले भने, ‘अब संबिधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुन्छ र त्यो ठिक ढंगले अगाडि बढ्छ।

एमाले संसदीय दलले पुनः शंकर पोखरेलकै नेतृत्वमा एमालेको सरकार गठन गर्ने निर्णयसमेत गरेको गिरीले बताए। यस्तै प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषदलाई नै प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न जिम्मेवारी तोकेका छन्।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय