आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद शंकर गिरीले शंकर पोखरेलले विधि, विधान र कानुन मिचेर नांगो नाच देखाएको आरोप लगाएका छन्। मुख्यमन्त्रीका रूपमा शंकर पोखरेललाई पुनः नियुक्ति गरिनु संवैधानिक कू समान रहेको उनले बताए।

‘४३ जना सांसद हामी यहाँ बसेका छौं। ३७ सांसदबाटै आफूलाई कसरी मुख्यमन्त्री घोषणा गर्न मिल्छ,’ प्रदेश सांसद गिरीले भने, ‘योभन्दा नांगो नाच अरू के हुन सक्छ?’

अहिले आफूहरू ४३ जना सांसद प्रदेश प्रमुखको कार्यकक्षमा रहेको समेत उनले बताए।

‘हाम्रो यो उपस्थिति देख्दा देख्दै पनि उहाँलाई जबरजस्ती फेरि मुख्यमन्त्रीका रूपमा नियुक्ति दिने हो भने यो भन्दा दूर्भाग्य अरू केही हुन सक्दैन,’ गिरीले भने, ‘नीति नियम विधि विधान केही नमान्ने र देशलाई अराजकता तिर धकेल्ने सूचक हो यो।’

उनले पोखरेलको कदम असंवैधानिक कू भएको आरोप लगाए।

‘हामी ४३ जना मान्नेहरू प्रदेश प्रमुखको कार्यकक्षमा धर्ना दिइरहेका छौं,’ गिरीले भने, ‘३७ जना मान्नेको समर्थन रहेको व्यक्तिलाई मुख्यमन्त्रीका रूपमा सपथ खुवाउनेभन्दा डरलाग्दो अर्को कुरा राजनीतिमा केही हुन सक्दैन।’

उनले तत्काल प्रदेशसभा बैठक बोलाएर प्रदेशसभाबाटै अहिलको परिस्थितिको छिनोफानो गरिनुपर्ने बताए। ‘एकछिनमा बैठक बस्ने अनि सपथ खाने यो त हिटलरी शैली भयो नि,’ गिरीले भने।

गिरीजस्तै नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने अर्का प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले पनि शंकर पोखरेलको कदम असंवैधानिक र राजनीतिक अराजकताको पराकाष्टा भएको बताए।

‘आफूहरू तुरुन्त सदन बोलाएर त्यहीबाट मुख्य मन्त्रीको टुंगो लाग्नुपर्छ भन्ने पक्षमा छौं’, उनले सेतोपाटीसँग भने।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय