शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं, १९ वैशाख ।

लुम्बिनी प्रदेशमा एक बहुमतको मुख्यमन्त्रीको सपथका लागि शंकर पोखरेल ठिक्क परेका थिए । आज विहान नै अविश्वासको प्रस्ताव निष्कृय बनाउन राजीनामा दिएका थिए ।

उनले चतुर्याईपूर्वक एकल बहुमतको सरकार गठन गर्ने र एमालेबाट सम्भावित फ्लोर क्रस रोक्ने उनको रणनीति सफल देखिन्थ्यो । तर, विमला वली गेम चेन्जरका रुपमा देखिएपछि पोखरेलाई झड्का लाग्यो ।

एमालेमा रहँदै आएकी प्रदेश सभा सांसद बिमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि पोखरेललाई झड्का लागेको हो । दाङको प्रदेश सभा ३ २ बाट प्रत्यक्ष निर्वाचित हुन् ।

विमला वली । उनका पति उत्तरकुमार वलीको सडक दुर्घनामा मृत्यु भएपछि खाली सिटमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट वली विजयी भएकी थिइन् ।

वली अचानक माओवादी केन्द्र प्रवेश गरिन् । उनी नेकपाबाट विजयी हुन् । तर, अहिले नेकपा अस्तित्वमा छैन । अदालतको आदेशले एमाले र माओवादी केन्द्र ब्युँतिसकेको छ ।

वली उपनिर्वाचनमा नेकपाबाट निर्वाचित हुन् । अहिले उनले लुम्बिनी प्रदेशको रोचक सत्तासंघर्षको खेललाई परिवर्तन गरेकी छिन् ।

वलीले साथ छाडेर माओवादी केन्द्रमै लागेपछि पोखरेल अल्पमतमा परेका हुन् । अब कुल सदस्य संख्या ८० रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका ४० सदस्य छन् ।

यसले पोखरेल पनि अल्पमतमा परेका छन् । ४० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथ शाह कहाँ पुगेर पोखरेललाई मुख्यमन्त्रीको सपथ नगराउन पत्र बुझाएका छन् । यसले एमालेको एकल बहुमत गुमेको देखिदैछ ।

अब प्रदेश प्रमुख शाहलाई एकल बहुमतको सरकार गठन नभई अर्को किसिमको सरकार गठनको आव्हान गर्नुपर्ने चुनौती देखिएको छ । यसरी नेकपाको सत्ता राजनीतिमा गेम चेन्ज भएको छ ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय