बिहिबार , बैसाख ६, २०८१

काठमाडौं, १९ बैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । र, उनको राजीनामा पनि स्विकृत भैसकेको छ ।

एमालेको एकल बहुमतको सरकार बनाउने तयारीका साथ पोखरेल अघि बढेपछि जनता समाजवादी पार्टी, नेपालको नेतृत्व सशंकित बनेको छ ।

खासगरि पोखरेललाई नै सघाउनेगरि अविश्वासको प्रस्तावबाट ब्याक भएर उनकै सरकारमा चार जना सांसद सहभागी भएका थिए ।

तर, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चार जना सांसदलाई कारबाहीको लागि गरेको सिफारिश अनुसार प्रदेश सभामुखले उनीहरु पदमुक्त भएको जानकारी गराएका थिए ।

लगत्तै, चार जना सांसदलाई पदमुक्त गरेको विषय अवैधानिक भएको र यादव पक्षले फर्जी कारबाही गरेको ठाकुर पक्षको आरोप थियो ।

यो बीचमा पदमुक्त भएका चार सांसदलाई काठमाडौं बोलाएर ठाकुरले छलफलसमेत गरेका थिए ।

ठाकुर पक्ष कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगपनि पुगेको थियो । तर, शंकर पोखरेलले आज लिएको निर्णयबाट भने जसपाको नेतृत्व खासगरी ठाकुर–महतो पक्ष नराम्ररी झस्किएको छ ।

चार जना सांसदलाई पदमुक्त गरेको विषयमा कानूनी उपचारको खोजीमा रहेको ठाकुर पक्षलाई नै आघात पुग्नेगरि पोखरेलले चार जना सांसद पदमुक्त भएको विषयलाई आधार मानेर लुम्बिनीमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय गरेका हुन् ।

यसले अब कसरी अघि बढ्ने ? भन्ने विषयमा आफूहरु आकस्मिक छलफलमा जुटेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनकाअनुसार छलफलमा अहिले अध्यक्ष ठाकुर, नेता महतोलगायतका नेताहरु सहभागी छन् ।

ReportersNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय