शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफूविरुद्धको अविश्वासको प्रस्ताव टार्न राजीनामा दिएर एकल बहुमतको मुख्यमन्त्री बन्दैछन् । उनले एमालेबाटै फ्लोर क्रसको सम्भावना बुझेर राजीनामा दिएका हुन् ।

प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव निष्कृय पार्न पोखरेलले चतुर्याइपूर्वक राजीनामा दिए । अब अविश्वासको प्रस्ताव निष्कृय भएको छ । उनी एकल बहुमतको मुख्यमन्त्री बन्ने भएका छन् ।

यसअघि जनता समाजवादी पार्टीको ६ सांसदसहित ८४ सदस्यसंख्या हुँदा पोखरेल अल्पमतमा थिए । एमालेको ४१ सिट संख्या मात्र थियो ।

तर, जसपाभित्रको विवादले ४ सांसद अविश्वासको प्रस्तावको विपक्षमा उभिँदा कारबाहीको कदम चालियो । मन्त्री बनेका ४ सांसद पदमुक्त भए । जसपा ६ बाट २ सांसद संख्यामा झर्यो ।

प्रदेशसभामा कुल सदस्यसंख्या ८० मा झरेपछि एमाले एकल बहुमतमा पुग्यो । उसको सदस्य संख्या ८१ थियो । पोखरेल एकल बहुमतको मुख्यमन्त्री बन्ने अवस्था सृजना हुँदा सबैभन्दा ठूलो धक्का जसपालाई परेको छ ।

यसअघि माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको प्रस्ताव गरी अविश्वासको प्रस्ताव दर्ता भएको थियो । यसलाई अगाडि बढाउने तयारी समेत भएको थियो । मुख्यमन्त्री पोखरेलको राजीनामाले नयाँ घटना विकास भएको हो ।

यथास्थितिमा काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको एउटा पक्षको समिकरण बनेको छ । त्यो समिकरणले पनि मुख्यमन्त्रीका लागि आवश्यक सिट संख्या पुग्दैन ।

लुम्बिनी मा एमालेका ४१, काँग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका २, जनमोर्चाका १ सांसद संख्या रहेका छन् ।

जसपाको ६ सांसद संख्या रहेकोमा ४ जनाले पार्टी निर्णय विपरित कार्य गरेकाले सांसद पदबाट पदमुक्त हुनुपरेको छ ।

अब पोखरेल एक बहुमतको मुख्यमन्त्री बन्ने निश्चितप्रायः भएको छ ।

उनलाई हटाउन अल्पमतमा पानुपर्ने हुन्छ । त्यसका लागि नेकपा एमाले फुट्नुपर्ने अवस्था बन्नुपर्छ । या त एमालेको कम्तिमा २ सांसदले राजीनामा दिनुपर्ने हुन्छ ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय