बुधबार , बैसाख १२, २०८१

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा १६८ को १ अनुसार नयाँ मुख्यमन्त्री बनाउन नमिल्ने बताएका छन्।

सभामुख घर्तीले अहिले नेकपा एमालेका दलका नेता शंकर पोखरेलसँग बहुमत नरहेको दावी गरेका छन्।

सेतोपाटीसँगको कुराकानीमा उनले मुख्यमन्त्री कुन धारा अनुसार बन्छन् भनेर आफूले कुरिरहेको बताए।

‘उपसभामुखले दलबाट राजीनामा दिनु भएको छ। यस्तोमा उहाँ संसदीय दलको सदस्य हुनुहुन्न, मुख्यमन्त्री पोखरेलसँग ४१ सांसद छैनन्’, घर्तीले भने, ‘मुख्यमन्त्रीले राजीनामा दिएपछि अब कुन धारा अनुसार नयाँ मुख्यमन्त्री बन्न हेर्नुपर्छ।’

उनले अहिले कुनै पनि दलले संसदमा बहुमत प्राप्त नगरेको बताए।

उनले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत हुन सम्पूर्ण सदस्य संख्याको बहुमत हुनुपर्ने बताए।

लुम्बिनी प्रदेशको सदस्य संख्या ८७ छ।

त्यसअनुसार बहुमत प्राप्त दलको सदस्य संख्या ४४ हुनुपर्छ।

‘सम्पूर्ण सदस्य संख्याको बहुमत हुनुपर्छ’, घर्तीले भने, ‘१६८ को १ अनुसार उहाँले सपथ लिन मिल्दैन।’

उनले अहिले कायम रहेको ८१ को पनि बहुमत नरहेको दावी गरे।

उपसभामुखले दलबाट राजीनामा दिएकाले उहाँले दलको माइन्युटमा हस्ताक्षर गर्न नमिल्ने बताए।

‘संसदमा पक्ष र विपक्ष हुदाँ उहाँले मत दिन पाउनुभयो’, घर्तीले भने, ‘त्यसैले उपसभामुख दलको सदस्य होइन।’

त्यस्तै लुम्बिनीमा भएको उपनिर्वाचनमा एक सांसद नेकपाबाट निर्वाचित भएकी थिइन्।

सांसद विमला वलीले माओवादी तर्फ लाग्ने निर्णय गरेपछि उनीसँग बहुमत समेत गुमेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय