बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

कोरोना रोकथाम एव नियन्त्रणका लागि स्थानीय प्रशासनले बिहीबारदेखि कञ्चनपुर जिल्लाभर लागु हुने गरि निषेधाज्ञा (लकडाउन) गरेको छ । सोही बमोजिम अत्यावश्यक बस्तु, सेवा र स्वास्थ्यकर्मी सहितका बैंक तथा वित्तिय संस्था सहित निजामती कर्मचारी, सुरक्षाकर्मी संचारकर्मी, बाहेक अन्य आम सर्वसाधारण बाहिर निस्केका छैनन ।

तर, कञ्चनपुरको खुला सीमा नाका दोधाराचाँदनी, जिमुवा, पूनर्वास, बेलौरी, बेलडाँडी सहितका नाकाहरुबाट भने निर्वाद रुपमा तस्करी भईरहेको छ । लकडाउनको मौका छोपी तस्करी समुहले भारतबाट धमाधम तस्करी गरिरहेका छन ।

शनिबार पनि भारतबाट तस्करीको समान ल्याउने महिला समुह र सशस्त्र प्रहरीविच झडप भएको छ । सशस्त्र प्रहरी बल बिओपी दोधाराको टोलीले भारतबाट अवैध रुपमा ल्याईरहेको समान बरामद गरेपछि सशस्त्र प्रहरी तस्कर समुहविच झडप भएको हो ।

कोरोना कहरले दोधाराकै लक्ष्मीमाविका प्रअ शिक्षकको ज्यान गएपनि सो क्षेत्रका मानिस भने कोरोनाप्रति सचेत नभएको देखिन्छ । सशस्त्र प्रहरीले कारोना रोकथामका लागि गरेको काममा तस्कर समुहले अवरोध गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

चिनी सहितको समान बरामद गर्न खोज्दा सशस्त्र प्रहरी र क्यारिङ्गकर्ताविच दोहोरो झडपका साथै बरामद गरेको समान च्यातचुत पारेपछि बरामद स्थानमै नष्ट भएको छ । क्यारिङ्गकर्ता रुक्मा ठकुरीले आफुमाथि गाडी भगाएर घाईते बनाएको बताएकी छिन ।

दोधारा प्राथामिक स्वाथ्य केन्दमा उपचारार्थ रहेकी उनले आफुमाथि सशस्त्र प्रहरीले कुटपिट गरेको बताएकी छिन । तर सशस्त्र प्रहरी बलले भने कुनैपनि तस्करमाथि सशस्त्र प्रहरीले कुटपिट नगरेको जनाएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बिरेन्द्र ऐरले लकडाउनका बेला घरबाट बाहिर ननिस्कीनुपर्ने भएपनि भारतबाट समान ल्याउने कार्य गैर कानुनी भएको बताए ।

‘हामीले तस्कर समुहको समान बरामद गर्‍यौँ, ‘उनले भने, ‘सो समुहले गाडीमा राखेको समान झम्टियो, समान त्यही नष्ट भयो, गाडीमा चढेका एक जना आफै खसेका हुन, हामीले उहाँलाई छोएका पनि छैनौँ ।’

सशस्त्र प्रहरीले अवैध समान बरामद गरेको झोकमा उनीहरु सहित अन्य स्थानीय आएर बिओपीमा ढुङ्गामुढा प्रहार गरेपछि तीन जना सशस्त्र प्रहरी घाईते भएका छन ।

बिओपीमाथी भौतिक आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिनका लागि १० पटक अश्रुग्याँस प्रहार गरेको सशस्त्र प्रहरी उपरिक्षक ऐरले बताए ।

घटना बारेमा स्थानीय जनप्रतिनिधी सहितका सशस्त्र प्रहरीविच छलफल भईरहेको छ । लकडाउनका बेला जोखिम मोलेर गैर कानुनी काम गर्दा समेत जनस्तरबाट सहयोग नपाईएको सशस्त्र प्रहरीको दुखेसो छ । दिगो र प्रभावकारी रुपका तस्करी नियन्त्रणका लागि भने प्रभावकारी पहल भएको छैन ।

विगत बर्षका तुलनामा अहिले भारतसंग जोडिएका कञ्चनपुरको खुला नाकाहरुमा १८ भन्दा बढि सशस्त्र प्रहरी बलका पोष्ट बिओपी छन । तर, तस्करी भने रोकिएको छैन ।

तस्करी नरोकिएपछि लकडाउनको पालना गर्दै आएका स्थानीय हैरान भएका छन । लकडाउनमा तस्कर समुहको साहस कहाँबाट आयो कतै मिलोमतो त होईन भन्नेमा आम नागरिकको चासो बढ्दै गएको छ ।

जति पनि सशस्त्र प्रहरी र प्रहरीबाट तस्करको समान बरामद हुँन्छ, मानिस नियन्त्रणमा आउँदैनन, कसको समान बारे सार्वजनिक नहुँदा तस्करी बढ्दै गएको कतिपयको आँलकन छ । कतिपयले तस्करबाट अधिकारीहरुको अवैध सम्बन्धका कारण पनि तस्करी नरोकिने दावि गरिन्छ ।

जसले जे भनेपनि जसलाई आरोप लगाए वा प्रसंसा गरेपनि कञ्चनपुरका लकडाउनमा समेत तस्करी नरोकिएपछि अरुबेला कती तस्करी हुन्छ त्यसको कुनै अनुमान लगाउन सकिदैन । केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय