मंगलबार , बैसाख ११, २०८१

लुम्बिनी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनले आज राजीनामा दिएका हुन्।

प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिए। मुख्यमन्त्री पोखरेल बिरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज संसदमा यसको कारवाही सुरु हुँदै थियो।

आज अविश्वासको प्रस्ताव उपर छलफल हुने र भोली मतदान हुने कार्यसुची प्रदेशभसभाले तय गरेको थियो।

संसदमा अविश्वास प्रस्तावको सामना गर्न नसकेर उनले राजीनामा दिएको माओबादी केन्द्रका एक सांसदले जानकारी दिए।

यो पनि

संक्रमितको उपचार निःशुल्क गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमतिको निःशुल्क गर्न माग गरेको छ। पार्टीका ती अध्यक्ष क्रमशः पशुपति शम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो माग गरेका हुन्।

पार्टीले संक्रमितको तत्काल सहज उपचार हुने व्यवस्था मिलाउन र प्रभावकारी कुटनीतिक प्रयासबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि माग गरेको छ।

पार्टीले राष्ट्रिय संकटसँग लड्नका लागि राष्ट्रको सबै राजनीतिक, आर्थिक, बाैंद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृत गरी प्रभावकारी रुपले तत्काल परिचालन गर्न समेत अनुरोध गरेको छ। नागरिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय