बिहिबार , चैत्र १५, २०८०

बुटवल ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीले कोभिडको दोस्रो चरणको माहामारी फैलदै गएसँगै जिल्लाका चारसय बढी होलटहरूलाई आइसोलेसन र क्वारेन्टाइन बनाउनका लागि राज्यलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।

संघले कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर हजार बढी कोभिड संक्रमितलाई राख्न सक्नेगरी तयारी गरेको जनाएको छ ।संघको पदाधिकारीको आकस्मिक बैठकले सरकारलाई आवश्यक परेका जिल्लाका होटल उपलब्ध गराउन सक्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष रामप्रसाद गौतमले कोभिडको महामारीमा व्यवसायीलाई राहत प्रदान गर्न सरकारले गतवर्ष नै घोषणा गरेको व्यवसायीलाई विद्युत् डिमान्डको चार्ज मिनाहा गर्ने निर्णय गरे तापनि विद्युत् प्राधिकरणले परिपत्र नआएको भन्दै व्यवसायीलाई छुट नदिएकोमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

संघले कोभिडको महामारीको अग्रभागमा खटिने होटल व्यवसायी र कर्मचारीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गर्ने निर्णयसमेत गरेको छ ।

सरकार र स्थानीय तहसँग सहकार्य गरी कोभिडविरुद्धको सचेतना कार्यक्रम गर्न संघ तयार रहेको बैठकले निर्णय गरेको छ ।

संघले कोभिड संक्रमित भएका हजार बढीलाई संघमा आवद्ध व्यवसायीको होटलमा न्युनतम् शुल्कमा राख्न सक्नेगरी तयारी गरिएको र बैठकबाटै सोको निर्णयसमेत गराएको महासचिव माधवकुमार खनालले बताउनुभयो ।

अर्बभन्दा बढी लगानी रहेको छ ।पछिल्ला दिनमा स्तरीय होटल तथा रिसोट खोल्ने क्रम निकै बढे पनि कोरोनाको मारले व्यवसायीको लगानी धरापमा पर्न सक्ने भएकाले लगानीको सुरक्षाका लागि सरकारले व्यवसायिक ऋणमा सहुलियत र व्याज मिनाहाजस्ता राहतका कार्यक्रम सञ्चालन गर्न व्यवसायीहरूले माग गरेका छन् । समाचारपत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय