आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

१९ वैशाख, काठमाडौं ।

कोरोना संक्रमित बिरामीलाई अहिले अक्सिजन अत्यावश्यक भएको छ । अक्सिजन अभावमा कतिपयले अस्पतालमै ज्यान गुमाइरहेका छन् । यो संकटको घडीमा कसैले निःशुल्क अक्सिजन उपलब्ध गराइदिन्छ भने त्यो जत्तिको ठूलो राहत सायदै अरू हुँदैन । तर तिनै अक्सिजनदातालाई प्रहरीले पक्रेर मुद्दा चलाएको समाचार सार्वजनिक भएको छ ।

यो समाचार हो कोरोना संक्रमणबाट अति प्रभावित भारतको । भारत उत्तरप्रदेशको जैनपुरस्थित सरकारी अस्पताल बाहिर अक्सिजनबिना तड्पिरहेका बिरामीलाई निजी खर्चमा अक्सिजन दिने एक युवकलाई प्रहरी पक्रेर मुद्दा चलाएको हो । कतिपयले यसलाई राहतकर्मीलाई स्तब्ध बनाउने घटनाको रूपमा लिएका छन् ।

तर यस सम्बन्धमा प्रहरी अधिकारीको भनाइ भने अर्कै छ । जैनपुरका प्रहरी अधिकारी मनीष बर्मा भन्छन्, ‘ती युवकले अस्पताल बाहिर अव्यवस्था सिर्जना गरेर स्वास्थ्यकर्मीलाई दुःख दिइरहेका थिए, त्यसैले पक्राउ गरिएको हो ।’ उनले कसैलाई पनि बिनाकारण दुःख दिने नियत प्रशासनको नभएको पनि बताएका छन् ।

पक्राउ पर्ने युवक जैनपुर कोतवालीका विक्की अग्रहरी हुन् । उनीविरुद्ध भारतीय दण्ड संहिताको धारा १८८ र २६९ अनुसार मुद्दा दर्ता गरिएको छ । यो मुद्दा जैनपुरका प्रमुख स्वास्थ्य अधिकारीको उजुरीको आधारमा गरिएको हो ।

विक्कीले भने अक्सिजन नपाएका बिरामीको पीडा देख्न नसकेर आफ्नै एम्बुलेन्समा रहेको अक्सिजन सिलिण्डर निकालेर बिरामीलाई दिएको बताउँछन् ।

बिरामीलाई सहयोग गर्नेलाई पक्रिएर मुद्दा चलाउँदा प्रशासनको छविमा नकारात्मक असर पर्दैन र ? भन्ने जिज्ञासामा प्रहरी अधिकारी बर्मा भन्छन्, ‘ती युवकले अस्पताल बाहिर बिरामीहरुलाई अक्सिजन दिएर भिडियो बनाइरहेका थिए ।

जबकि त्यो समयमा अस्पतालमा बेडहरू खाली थिए। ज–जसलाई अक्सिजन दिइएको थियो, ती सबैलाई अस्पतालमा भर्ना गरिएको थियो ।’

बर्मा भन्छन्, ‘हाम्रा अधिकारी र मेडिकल स्टाफहरु पनि आफ्नो ज्यान खतरामा राखेर काम गरिरहेका थिए । उनीहरुले मिडियामा स्थान पाउँदैनन् तर जब कुनै नकारात्मक खबर आउँछ, त्यसलाई उचालिन्छ । यसबाट अधिकारीहरुको मनोबल गिर्छ ।’ उनको दाबीअनुसार जैनपुरमा स्थिति धेरै हदसम्म नियन्त्रणमा छ । हाल अक्सिजन र बेडको अभाव छैन ।

को हुन् विक्की ?

३४ वर्षीय विक्की पेसाले एम्बुलेन्स चालक हुन् । उनले भनेका छन्, ‘मेरो एम्बुलेन्समा दुईवटा अक्सिजन सिलिण्डर थिए । दुई साताअघि मैले श्रीमतीको सुन बेचेर चार अक्सिजन सिलिण्डर किनेको थिएँ । दुई सिलिण्डर मलाई दानमा प्राप्त भएको थियो । मैले हालसम्म एक सय जना बिरामीलाई अक्सिजन सहयोग गरिसकेको छु ।’

उनका अनुसार अक्सिजन अभावका बीच उनले प्रतिसिलिण्डर २० हजार (भारु) को दरले किनेका थिए ।

बिहीबारको एक घटना स्मरण गर्दै उनी भन्छन्, ‘म एम्बुलेन्समा एक गम्भीर बिरामीलाई अस्पताल लिएर गएको थिएँ । एम्बुलेन्समा अक्सिजन सिलिण्डर थियो । त्यहाँ धेरै बिरामी अक्सिजन नपाएर हैरान भएका थिए ।

उनीहरूलाई भर्ना गर्न समय लागेको थियो । मैले उनलाई आफ्नो एम्बुलेन्सबाट अक्सिजन दिएँ । जब मैले एकजना बिरामीलाई अक्सिजन दिएँ, तब मसँग अक्सिजन माग्नेहरुको भिड नै लाग्यो ।’ अनलाईन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय