बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृ’त फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ।

उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार कारभित्र मृ’त भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार तथा स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार हुन्।

मृ’तकमध्ये दुई दाजुभाइका छोरा रहेको खुलेको छ। श’वलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। श’वको परीक्षण कहाँ गर्ने भन्ने यकिन भइसकेको छैन।

अभिभावकहरूले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि ह’राइरहेको बताएका छन्। उनीहरूले १७ गते प्र’हरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन पनि दिएका थिए।

तीन बालकको श’व एकै कारभित्र फेला परे पनि घटनाबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। घ’टना कसले र किन गर्‍यो भन्ने अनुसन्धानकै क्रममा छ।

यसैबीच प्रनाउ सिंहका अनुसार कारधनी यादवप्रसाद गैरे रहेको पत्ता लागेको बताए। उनलाई अनु’सन्धानका लागि झिकाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय