बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

देशमा कोरोना भाइरसको दोस्रो लहरले महामारीकै रुप लिइसकेको छ । दैनिक संक्रमित र मृतकको संख्यामा रेकर्ड नै तोडिएको छ । संक्रमण भयावह बन्दै जाँदा देशका शक्तिशाली र नाम चलेकाहरु पनि धमाधम संक्रमित हुन थालेका   छन् ।

कोरोना संक्रमित भएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनी मनमोहन अस्प्तालमा भर्ना भएकोमा आजै नर्भिक अस्पताल लगिएको छ । उनलाई स्वास प्रश्वासको समस्या रहेको र अक्सिजनको सपोर्ट दिइएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा पनि नर्भिक अस्पतालमा उपचाररत छन् । पूर्वरानी कोमलको स्वास्थ्यमा गम्भीर समस्या रहेको बुझिएको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि अक्सिजनको सपोर्ट लिएका छन् ।

लोकप्रीय कलाकार मदनकृष्ण श्रेष्ठ पनि कोरोना संक्रमित छन् । उनको परिवारका सदस्यलाई पनि संक्रमण भएको छ ।

 

यो पनि

झलनाथको स्वास्थ्य सामान्य, अक्सिजनको सामान्य सपोर्टमा राखियो

कोरोना संक्रमण भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई अहिले अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।

नर्भिक ल्याउनुअघि नेता खनाललाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।

नर्भिक अस्पतालमा आज साँझ भर्ना भई उपचाररत रहेका खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखेर उपचार गरिरहेकोे अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन् ।

उनका अनुसार पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय