शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं, बैशाख १९ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा औसतभन्दा बढी तरकारी भित्रिएको छ । कारोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञाले तरकारीको आपूर्तिमा असर नपारेकाले औसतभन्दा बढी भित्रिएको बताइएको छ ।

सामान्य अवस्थामा कालीमाटीमा दैनिक ७–८ सय टन तरकारी भित्रिने गरेकोमा निषेधाज्ञा शुरू हुनु अघिल्लो दिन र निषेधाज्ञाको दिन ९ सय टनभन्दा बढी तरकारी भित्रिएको थियो । त्यसैगरी शुक्रवार बेलुकासम्म ८ सय टन र शनिवार पनि यही परिमाणमा तरकारी भित्रिएको छ ।

यस वर्ष निषेधाज्ञाले तरकारी आपूर्ति असर नगरेको कालीमाटी तरकारी बजारका सूचना अधिकृत विनय श्रेष्ठले जानकारी दिए । ‘अहिले भित्रिरहेको तरकारीको परिमाण औसतभन्दा बढी हो,’ उनले भने । गतवर्ष बन्दाबन्दीको समयमा कालीमाटी तरकारी बजारमा तरकारीको आपूर्ति ५० प्रतिशतभन्दा बढीले घटेको थियो । सो अवधिमा दैनिक ३÷४ सय टन मात्र तरकारी भित्रिने गरेको थियो ।

बजारमा आपूर्ति अनुसार नै तरकारीको खपत पनि भइरहेको छ । केही तरकारीको थोक बजार मूल्य भने यो साता घटेको पाइएको छ । कालीमाटी तरकारी बजारको दैनिक मूल्य सूची अनुसार एक सातामा भारतीय रातो आलुको मूल्य ५ रुपैयाँले घटेर प्रतिकिलो ३० रुपैयाँमा आएको छ ।

यस्तै नेपाली रातो आलुको मूल्य पनि किलोमा १५ रुपैयाँले घटेर ३५ रुपैयाँ कायम भएको छ । लोकल काँक्रोको मूल्य प्रतिकिलो ७० रुपैयाँमा यथावत् छ । स्थानीय काउलीको मूल्य पनि ८० बाट घटेर ४० रुपैयाँ, गाजरको मूल्य प्रतिकिलो २० रुपैयाँले घटेर ८० रुपैयाँ र कागतीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतिकिलो २ सय ५० रुपैयाँमा आएको छ ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाबाट ५ लाखभन्दा बढी मानिस बाहिरिएकाले खपत घट्ने देखिएको व्यापारीहरूले बताएका छन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय