शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

ताप्लेजुङ

फुङलिङ नगरपालिका–४ क्याम्पस लाइनका दुई कोरोना संक्रमितको पछिल्लो २४ घण्टाभित्र मृत्यु भयो। ८५ वर्षीय वृद्धाको शुक्रबार राति र ६० वर्षीय पुरुषको शनिबार दिउँसो निधन भएको हो। अरू आठ जना सक्रिय संक्रमित छन्। सोही टोलका ५२ वर्षीय अर्का संक्रमित पुरुषको पनि एक साताअघि मृत्यु भएको थियो।

सानो टोलका हरेकजसो घरमा संक्रमण फैलिसकेको अवस्थामा बालबालिका भने वार्षिक परीक्षा लेख्न बाध्य छन्। परिवारका सदस्य संक्रमित भएकै घरका बालबालिकासमेत परीक्षा दिन विद्यालय गइरहेका छन्। तर, सामुदायिक र निजी विद्यालयको भने यसमा ध्यान पुगेको छैन।

गाउँ–गाउँमा फैलिँदै कोरोना
छोरालाई डराउँदै–डराउँदै विद्यालय पठाइरहेको अभिभावक किरण पौडेलले बताए। क्याम्पस लाइनबाट भानु माविमा मात्रै १२ जना बालबालिका परीक्षा दिन गइरहेका छन्। अन्य सामुदायिक र निजी विद्यालयमा पनि भइरहेका छन्।

‘गाउँभरि संक्रमण फैलिएको छ। तर, नानीहरूलाई विद्यालय पठाउन बाध्य छौं’, पौडेलले भने, ‘अरू बेला भए त नजाऊ भन्न सकिन्थ्यो। परीक्षा नै दिन नजाऊ भन्न पनि सकिएन।’ महामारीको अवस्थामा परीक्षा रोक्नु भनेर विद्यालयलाई अनुरोध गर्दा पनि नमानेपछि पठाउन बाध्य भएको पौडेलले बताए। डबल मास्क, ग्लोब्स लगाएर छोरालाई विद्यालय पठाएको उनले बताए।

फुङलिङ नगरपालिकाले नगरका विद्यालयमा वैशाख १७ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरिरहेको छ। जोखिम हुन सक्ने भन्दै मेची सेन्टमेरिज र अक्सफोर्ड आवासीय विद्यालय, सिद्धार्थ एकेडेमी र तमोर अंग्रेजी स्कुलबाहेक सामुदायिक तथा निजी विद्यालयमा परीक्षा भइरहेको छ। विद्यालयबाट संक्रमण फैलने सम्भावना बढी हुने भन्दै सरकारले सबै प्रकारका परीक्षा रोक्न निर्देशन दिएको छ। तर, यहाँका पालिकाले त्यसलाई बेवास्ता गरिरहेका छन्।

नगरपालिकाको निर्णयअनुसार परीक्षा सञ्चालन गरिरहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङका अध्यक्ष दिनेश भट्टराईको भनाइ छ। ‘सुरक्षाको मापदण्ड अपनाएका छौं। संक्रमण फैलिएको स्थानका नानीहरूलाई नआउनु भएका छौं,’ अध्यक्ष भट्टराईले भने, ‘नगरपालिकाले नै परीक्षा लिनु भनेपछि हामीले मानेका हौं।’

संक्रमण झन् तीव्र भए विद्यार्थीको भविष्य नै अन्योलमा पर्ने भएकाले परीक्षा नरोकेको नगरपालिकाका सामाजिक विकास संयोजक पदमसुन्दर पालुङ्वाको भनाइ छ। ‘लामो समय संक्रमण रोकिएन भने विद्यार्थीको भविष्य अन्योलमा पर्छ। त्यसैले वैशाख २२ गते सक्ने गरी परीक्षा सञ्चालन भइरहेको छ’, पालुङ्वाले भने, ‘संक्रमण फैलिएको ठाउँका बालबालिकालाई विद्यालय नपठाउन भनेका छौं। उनीहरूको परीक्षा पुःन लिने प्रबन्ध नगरपालिकाले गर्छ।’ सम्बन्धित विद्यालयले त्यस्ता विद्यार्थीको पहिचान गरेर नआउन भन्नुपर्ने पालुङ्वाले बताए।

जिल्लाका अरू पालिकाले पनि परीक्षा सञ्चालनको तयारी गरेका छन्। मिक्वाखोला गाउँपालिकामा आइतबारदेखि परीक्षा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

स्वस्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार जिल्लामा २० जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो हप्ता दिनमा तीन जना संक्रमितको मृत्यु भएको छ। यस्तो अवस्थामा सावधानी अपनाउन आवश्यक रहेको खरेलको भनाइ छ। ‘जिल्लाका केही ठाउँमा संक्रमणले महामारीकै रूप लिने अवस्था आइसकेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन सरोकारवाला र सर्वसाधारणले उच्च सावधानी अपनाउन आवश्यक छ’, उनले भने।

संक्रमण तीब्र रूपमा बढेकाले आइतबार जिल्लास्तरीय कोरोना नियन्त्रण समितिको बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। ‘आइतबारको बैठकले संक्रमण कसरी रोक्ने भन्ने विषयमा निर्णय गर्छौं,’ पाण्डेले भने। सर्वसाधारणले भने जिल्लामा निषेधाज्ञा नै जारी गर्नुपर्ने माग गरेका छन्।

शनिबार मिक्वाखोला गाउँपालिकामा २० जनाको स्वाब संकलन गरिएको र आइतबार बिहान क्याम्पस लाइन टोलकै थप शंकास्पदको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय