
काठमाडौँ ।
पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो ।
यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिँड्न पाउने गरेका थिए ।
‘मिडिया हाउसको कार्ड देखाउँदा दुरूपयोगको सम्भावना धेरै देखियो। त्यसैले कडाइ गरेका हौं’ सीसीएमसीका एक अधिकारीले भने, ‘केही व्यवहारिक समस्या हेरिदिने कुरा त छँदैछ ।’
उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयलले बिहीबारदेखि निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
यस्तै उपत्यका बाहिर निषेधाज्ञा लगाइएको जिल्लाका हकमा भने सूचना विभागको प्रेस पास नहुनेलाई प्रमुख जिल्ला अधिकारीले नै अर्को अस्थायी पासको व्यवस्था मिलाउन सक्ने भनिएको छ ।
यो पनि पढ्नुहोस
मकवानपुरमा आइतबार मध्यरातिबाट निषेधाज्ञा
१८ वैशाख, हेटौंडा । मकवानपुरमा पनि सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
यस क्षेत्रमा अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइने छैन । अत्यावश्यक उपभोग्य वस्तु बिहान ५ बजेदेखि ९ बजेसम्म खरिद बिक्री गर्न पाइनेछ ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा होटलदेखि चिया पसलसम्म र हेटौंडा उपमहानगरपालिका –१० बसपार्कमा रहेका सबै व्यवसाय भने शनिबारदेखि नै बन्द छन् । अनलाइनखबर