आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

लन्डन

प्रशिक्षणका लागि बेलायतमा रहेका नेपाली सेनाका एक अधिकृतले अर्को सफलता प्राप्त गरेका छन् ।नेपाली सेनाका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका हुन् ।

गत १८ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म भएको तीन महिने उक्त कोर्समा आयरल्यान्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपालबाट सैनिक अधिकृतहरु सहभागी थिए ।

प्लाटुन कमान्डिङ जस्तो चुनौतिपूर्ण कोर्समा आफ्नो इन्फेन्ट्री स्किल देखाउन नेपाली सैनिक अधिकृतहरु विगतमा देखि नै सफल भएकाले यसले नेपालको छवि विश्वमा उचो बनेको थापाले बताए ।

आउँदो जुलाई अन्त्यतिर नेपाल फर्कनुअघि थापाले अब कमान्डो कोर्स गर्ने छन् । बेलायतको रोयल मरिनले सञ्चालन गर्ने अल आर्मी कमान्डोले उक्त कोर्स गराउने थापाले बताए ।

यसअघि बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिमका क्रममा थापाले उत्कृष्ट क्षमता प्रदर्शन गरेर ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका थिए ।

२० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो । ४४ साताको उक्त प्रशिक्षणमा विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सामेल थिए ।

यसबाहेक थापाले प्लाटुन कमान्डर पाससमेत पाएका थिए । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्स्ट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको हो । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्ट आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आएका हुन् ।

दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरासुन्दरी नगरपालिका निवासी थापाले बेलायतमा लिएको विभिन्न कोर्सले आफ्नो क्षमता अभिवृद्धि हुनुका साथै बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर पाएको बताए ।

‘विभिन्न देशका उच्च दर्जाका सैनिकहरुसँगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न समेत पाएँ,’ उनी भन्छन् । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय