शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

संसारका अधिकाँश सफल मानिस पहिले असफल थिए । असफलताको सिढी चढेर नै उनीहरु सफल भएका हुन् । तर कतिपय मानिसहरु आफू असफल भएकोमा भाग्यलाई दोष दिएर बस्छन् ।

वास्तु शास्त्रः घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ
उनीहरु असफल हुनुको कारण खोजी गर्दैनन् तर भाग्यलाई धिक्कारी रहन्छन् । यहाँ असफल हुने ब्यक्तिका १० लक्षणबारे चर्चा गरिएको छ । यी बानी हटाउँदा सफलताको ढोका आफै खुल्छ ।

१- विना योजना कामः
जसले विना योजना काम गर्छ उसले सफलता पाउने सम्भावना निक्कै कम हुन्छ । यस्ता ब्यक्तिले कुनै पनि कुराको योजना बनाउँदैनन् सबैकुरा भगवान भरोसा हुन्छ । तर भाग्य नभएको भन्दै पछुताउँछन् ।

२- रेकर्ड नराख्नेः
आफ्नो काम रेकर्ड नराखी गर्नेहरु कहिल्यै सफल हुँदैनन् । अहिले सम्म के काम भयो के बाँकि छ भन्ने जस्ता कुरा चाँहे मोबाइल वा डायरी जस्ता कुरामा रेकर्ड हुनु पर्छ । अन्यथा तपाइँ असफल हुने लक्षण हो ।

३- साना साना कुरामा तनावमा आउनेः
असफल ब्यक्तिहरु तनावमा हुन्छन् । उनीहरुलाई साना कुराले ठूलो तनाव दिन्छ । एउटा काम पनि ध्यान लगाएर गर्न सक्दैनन् । सानो समस्यालाई ठूलो ठान्छन् ।

४- सकारात्मक सोचाइको अभावः
असफल ब्यक्तिहरुको सबैभन्दा मुख्य समस्या सकारात्मक सोच राख्न नसक्नु हो । यिनीहरु ध्यान, योग वा मन एकाग्र हुने गतिविधी गर्ने कोशिस नै गर्दैनन् ।

५- मनोरञ्जनको समय नै छैनः
अधिकाँश असफल ब्यक्तिको अर्को लक्षण हो उनीहरुसँग मनोरञ्जनका लागि समय नै पुग्दैन । कार्यालयमा तोकिएको समय भन्दा बढी काम गर्दा समेत उनीहरुको काम देखिँदैन ।

६- विदा पनि थाहा नपाउनेः
हप्ताभरीको काम पछि पाइने विदा तपाइँलाई मनोरञ्जनात्मक समय प्रदान गर्नका लागि हो । विदामा परिवार वा साथीभाइ भेट्दा छुट्टै अनुभव हुन्छ । तर असफल ब्यक्तिलाई कहिल्यै फुर्सद हुँदैन ।

७- प्राथमिकता के हो थाहा छैनः
असफल ब्यक्तिको अर्को लक्षण प्राथमिकता छनौट गर्न नसक्नु हो । न उनीहरु ब्यक्तिगत र अफिस वा ब्यवसायमा पनि प्राथमिकता छनौट गर्न असफल हुन्छन् ।

८- लक्ष्य निर्धारण नगर्नेः
असफल मानिसहरुको अर्को साझा लक्षण हो उनीहरु कहिल्यै पनि लक्ष्य निर्धारण गर्दैनन् । विना लक्ष्य जीवनमा आएका कुरा गर्दै जान्छन् र भाग्यलाई दोष पनि दिने गर्छन् ।

९- हारले अत्तालिने
सफलता असफलता जीवनका पाटा हुन् । तर एक पटकको असफलताले अत्तालिनेहरु कहिल्यै सफल हुन सक्दैनन् ।

१०- कामलाई टार्नेः
असफल हुने मानिसहरु सँधै काम टार्छन् । अहिले र आजै गर्ने काम भोलिका लागि राख्छन् र सके सम्म गर्दैनन् । यही नै उनीहरुको असफलताको कारण बन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय