शनिबार , बैसाख ८, २०८१

विराटनगर ।

कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो ।

बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

८४ वर्षीय आमाको मृत्यु भएकै दिन ६५ वर्षीय छोरालाई विराट मेडिकल कलेज भर्ना गरिएको थियो । विराटबाट थप उपचारका लागि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

केन्द्रका संयोजक बैजनाथ साहका ती पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनमा मुटु र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

इनरुवा नगरपालिका–३ का वडाध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पीसीआर जाँच गर्दा परिवारका सात जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

नोबेलमा तीन र विराटमा एकजना संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीनजनाको मृत्यु भएको छ । विराट शिक्षण अस्पतालमा पनि एकजनाको मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरुषको शनिबार बिहान पौने ६ बजेतिर मृत्यु भएको हो । मृतक पुरुषको कोशी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो । श्वासप्रश्वासमा अचानक समस्या भएपछि उपचारका लागि शुक्रबार बिहान ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।

सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहान पनि बिहान पौने ६ बजेतिर मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।

नोबेलमै उपचाररत महोत्तरी घर भएका ३५ वर्षीय पुरुषको पनि बिहान सवा ६ बजे मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ११ गते भर्ना भएका ६५ वर्षीय पुरुषको शनिबार दिउँसो कोरोना पोजेटिभ देखिएको थियो । उनलाई मुटु सम्बन्धी पुरानै रोग रहेको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय