बिहिबार , बैसाख १३, २०८१

काठमाडौं, वैशाख १८ गते ।

कोरोना भाइसर सङक्रमण दोस्रो लहरले आतङ्कित भएको बेला यसबाट बच्न शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउनु नै एक मात्र विकल्प रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवन गर्न केन्द्रीय आयुर्वेद चिकित्सालय निर्देशक डा। प्रदीप केसीले जोड दिनुहुन्छ ।
‘गम्भीर अवस्थामा पुगेका संक्रमितले भने यो आयुर्वेदिक औषधिको मात्रै भर पर्नुहुँदैन,’ निर्देशक केसी भन्नुहुन्छ, त्यस्ता बिरामीलाई अक्सिजन थेरापी र आइसियू भेन्टिलेटरको आवश्यकता पर्छ ।

ज्यादै कम अक्सिजन भएको वेला आयुर्वेदिक औषधिले मात्रै ठीक नहुन सक्छ । तर, हाल होम आइसोलेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुन्छ । यो औषधिको सेवनले उनीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न मद्दत गर्छ ।’

चिकित्सालयले कोरोना भाइरसको संक्रमण वा रोगबाट स्वस्थ राख्न रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न १२ जडीबुटी मिश्रित तीन प्रकारका औषधि उत्पादन गरेर वितरण गरिरहेक जानकारी दिनुभयो ।

उहाँको अनुसार विभिन्न जडीबुटीबाट बनाइएका जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरामीलाई दिने गरेको छ ।
मौसमी रुघाखोकीका बिरामीलाई लक्षित गरी वर्षौंदेखि उत्पादन गरिँदै आएका चूर्ण हाल कोरोनाका बिरामीलाई निःशुल्क वितरण गर्दै आएको पनि बताउनुभयो ।

‘कोरोना संक्रमितमा देखिने लक्षण र समस्या समाधान गर्न यो औषधि सेवन गर्नु फाइदाजनक छ भन्ने विश्वासका आधारमा वितरण अगाडि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘यो औषधिको सय वर्षको इतिहास छ ।’

नरदेवीले हाल प्रयोग भएकाबाहेक ग्याष्ट्रिक, जन्डिस, कलेजो, पाचन प्रणालीमा खराबी, जोर्नी दुख्ने, शरीर सुन्निने समस्या तथा मालिस गर्ने तेललगायत विभिन्न २६ प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।

यस मिश्रणमा असुरो, तालिसपत्र, पर्पटक, प्रियंगु, नागकेशर, जातिफल, ल्वाङ, सुकमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठिमधु जस्ता जडिबुटीहरु अधिक मात्रामा छन् । यस मिश्रणमा भाइरसजन्य रुघाखोकी, सिजनल फ्लु,ज्वरो आउने, घाँटी दुख्ने, अरुची, गन्धनाश हुने आदि लक्ष्णहरुलाई निर्मूल पार्न चाहिने सक्रिय तत्वहरु रहेको कुरा वैज्ञानिक अनुसन्धानमा नै देखिएको डा। केसीले बताउनुभयो ।

कोरोना संक्रमित भएका र संक्रमण नभएका सबैले यो उपाय अवलम्बन गर्न आयुर्वेद चिकित्सालय नरदेवीले सार्वजनिक रुपमा समेत आह्वान गरेको छ ।

आयुर्वेदमा जडिबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रारम्भिक रुपमा जनाइएको छ ।

घरायसी रुपमा सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिन्छ राष्ट्रिय आयुर्वेदिक अनुसन्धान केन्द्रका डा। जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

घरको आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसार मिसाएर घरमै उमालेर बिहान बेलुका एक–एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ उहाँले भन्नुभयो, त्यसले दिने शक्तिले शरीरको क्षमतामा समेत वृद्धि ल्याउँछ ।

केन्द्रले हाल ११५ जना कोरोना सङ्क्रमणलाई आयुर्वेदिक औषधीले उपचार गरेको जानकारी दिदै डा.श्रेष्ठले भन्नुयभो, १० जनालाई अक्सिजन दिइएको छ भने बाकीलाई समान्य लक्षण देखिएको छ ।

कोरोनाको उपयुक्त मानिएको आयुर्वेदिक औषधि हाल फेरि बनाउन थालिएको र पहिलाको बाकी भएको विरामीलाई दिइएको पनि बताउनुभयो ।

डा. केसीका अनुसार नरदेवी आयुर्वेदिक चिकित्सालले बनाएको औषधी १ लि। पानीमा ४ चिया चम्चा मिश्रण औषधि राख्ने र मन्द आगोमा ५ मिनेटसम्म पकाउने । यसरी बनेको काढालाई चियाको रुपमा निरोगी व्यक्तिले एक पटकमा एक चिया गिलास दिनमा दुई पटक पिउन सकिने उहाँले बताउनुभयो ।

लक्षण भएका अथवा आईसोलेशनमा बस्नुभएका व्यक्तिले १ चिया गिलास काढा दिनमा ४ पटक पिउने । १० वर्ष भन्दा मुनिका बालबालिकालाई आधा मात्रा मात्रै सेवन गर्न दिनुपर्छ ।

सितोपलादी चूर्ण ः १ चिया गिलास उम्लेको पानीमा १ चिया चम्चा मह र १ चिया चम्चा सितोपलादि चूर्ण राखी १० थोपा जति कस्तुरीभूषण राखेर बनेको घोल पानीलाई चिया पिए जस्तै गरी दिनमा ३ पटक पिउने ।
गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय