बिहिबार , चैत्र १५, २०८०

काठमाडौं, १८ वैशाख ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी नफुटेको दाबी गरेका छन् ।

नेकपाले कृष्ण धमलाद्वारा निर्माण गरिएको जन समाजवादी मञ्चलाई पार्टी फुटको संज्ञा दिएर भ्रामक प्रचार गरिएको टिप्पणी समेत गरेको छ ।

केन्द्रीय कार्यालयका असलद्वारा हस्ताक्षरित प्रेस नोटमा मञ्च गठनलाई दलाल पुँजीवादी र संसद्वादीहरुलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार भनिएको छ ।

आज मई दिवस पारेर नेकपाका पूर्व पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमला गम्भीरले विद्रोह गरी नयाँ पार्टी गठन गरेका हुन् । विज्ञप्ति जारी गर्दै धमलाले नयाँ पार्टी गठन गरेको घोषणा गरेका हुन् ।

पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । पार्टीमा ५१ सदस्यीय जन समाजवादी मञ्च समेत गठन गरिएको उल्लेख छ ।

 

यो पनि

कोरोना सङ्क्रमित भारतीय टिभी पत्रकार सरदानाको मृत्यु

भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड–१९ को सङ्क्रमणपछि उपचारका क्रममा निधन भएको छ ।

पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उनले दिल्लीस्थित नोयडाको मेट्रो अस्पतालमा मृत्यु भएको उनी कार्यरत भारतीय समाचार संस्था आजतकले समाचारमा उल्लेख गरेको छ ।.

जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट निकै चर्चित उनले सन् २०१७ मा जी–न्यूज छाडेर आजतकमा गएका थिए ।

आजतकबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘दंगल’ का कार्यक्रम सञ्चालक सरदानाको निधनमा भारतीय राजनीतिज्ञ र सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।

बिहीबारसम्ममा भारतमा पछिल्लो २८ दिनमा कोरोनाका कारण ५२ जना र पछिल्लो एक वर्षमा कोभिड–१९ का कारण १ सय १ जना पत्रकारको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाका छन् ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय