बिहिबार , बैसाख ६, २०८१

काठमाडौं, १८ बैशाख ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना संक्रमण भएर उपचारार्थ पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह र पूर्वरानी कोमल शाहको स्वास्थ्यलाभको कामना गरेका छन् ।

श्रेष्ठ आँफै पनि कोरोना संक्रमित भएका थिए । उनी हिजोमात्रै ८ दिनको नेपाल मेडिसिटी अस्पतालको बसाईपछि घर फर्किएका हुन् ।

उनले आफ्नो शरिर सिंगै कोरोनाले गलेर लल्याकलुलुक, फयाक फुत्लुक भईरहेको बेला सबैलाई सम्झेर मन भावुक भैरहेको उल्लेख गर्दैै सबैलाई माया पोख्न मन लागेको बताउँदै यस्तो कामना गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले २९ अप्रिलमा यस्तो लेखेका हुन् ।

उनले भनेका छन्–राजा ज्ञानेन्द्र लगायत राजपरिबार प्रति पनि सिघ्र स्वास्थ्यको कामना ब्यक्त गर्न मनलागिरहेछ। गेट वेल सुन राजन, रेस्पेक्ट यू, लभ यू।’

आफ्नो शरिर सिंगै कोरोनाले गलेर लल्याकलुलुक, फत्ल्याक फुत्लुक भईरहेको बेला सबैलाई सम्झेर मन भाबुक भैरहेकोछ आज सबैलाई एकपल्ट माया पोख्न मन लागिरहेकोछ।

राजा ज्ञानेन्द्र लगायत राजपरिबार प्रति पनि सिघ्र स्वास्थ्यको कामना ब्यक्त गर्न मनलागिरहेछ। Get well soon राजन, Respect you. Love you.
Madan Krishna Shrestha”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय