शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं, १८ बैशाख ।

नेकपा (एमाले) का प्रभावशाली नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनलाई पूनः एकताबद्ध गर्नुपर्ने बताएका छन् ।

मे दिवसको अवसरमा सामाजिक सञ्जाल फेशबुक पेजमार्फत शुभकामना दिँदै नेता गौतमले यस्तो बताएका हुन् ।

उनले आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका सबै नेता÷कार्यकर्ताहरुका लागि आफ्ना गल्ति र कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन भएको पनि बताएका छन् ।

उनले भनेआफूबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएको स्विकारेका छन् । उनले भनेका छन्–‘ म वाट पनि यस विच केही कमजोरी र गल्ति भएकाछन्।

आफ्ना गल्ति र कमजोरी प्रति आत्मालोचित छु तिनलाई सच्याउन लागि परेको पनि छु।भविष्यमा सबै क्रमशः स्पष्ट हुँदै जानेछन् ।’

प्रेस विज्ञप्ति:
आज सन 2021 को मे दिवस अथवा संगठित सर्वहारा वर्गले आफ्नो रगतको आहालमा उभिएर संसारभरिका आततायी पूँजीपतिहरुका विरुद्धको लड़ाइमा पहिलो सफलता घोषणा गरेको दिन, यस अवसरमा म नेपाल र संसार भरिका अग्रगामी जनतालाई हार्दिक शुभकामना दिन्छु!! मे दिवसकै वाटोमा दृढतापूर्वक अगाडिवढेर आज नेपाली श्रमजीवीवर्गले ऐतिहासिक सफलता प्राप्त गरेको छ।

तर अहिले श्रमजीवी वर्गका नेताहरुले सत्ता स्वार्थ प्रेरित कायाकलापवाट श्रमजीवीवर्गीय आन्दोलनलाई छिया छिया वनाइ रहेकाछन्।यो कृयाकलाप रोक्न सकिएन भने प्रतिगमन प्रतिष्थापित हुनेछ।

ऐतिहासिक उपलब्धि समाप्त हनेछन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको संवृद्ध समाजवादमा पचासौं वर्षसम्म पर्दा लाग्नेछ।

तसर्थ आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामीसवै नेता-कार्यकर्ताहरुका लागि आफ्ना गल्ति कमजोरी प्रति आत्मालोचितहुंदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो।

म वाट पनि यस विच केही कमजोरी र गल्ति भएकाछन्। आफ्ना गल्ति र कमजोरी प्रति आत्मालोचित छु तिनलाई सच्याउन लागि परेको पनि छु।भविष्यमा सवै क्रमश: स्पष्ट हुदैजाने छन्।
~वामदेव गौतम
~सदस्य नेकपा ( एमाले )
~संयोजक ,पार्टी एकता राष्ट्रीय अभियान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय