बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ

कोरोनाको कहरबीच वर्षा र सहकालकाका देवता रातो मछिन्द्रनाथको रथ निर्माण कार्य धमाधम हुँदैछ ।

दैनिक ३० जना व्यक्तिले यसको निर्माण गरिरहेका रहेका छन्। यसवर्ष रथ तान्ने साइत १ गते जेठमा निस्किएको छ ।

गुठी संस्थानले रथ तान्ने अनुमति दिएको हो । गतवर्ष कोरोना महामारी कै बेला रथ तान्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।

 

यो पनि

कोरोना खोप लगाउन बिहानैदेखि लाइन

काठमाडौंका विभिन्न अस्पतालमा कोरोना भाइरसविरुरद्धको खोप लगाउन भीड लागेको छ । सोमबारदेखि १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइँदैछ ।

उनीहरुलाई चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना खोप ‘भेरोसेल’ लगाउन लागिएको हो ।

खोपका लागि सर्वसाधारणहरु लामो लाइन बस्न बाध्य छन् । सोमबार १० बजेदेखि खोप लगाउने भए पनि बिहान ६ बजेदेखि नै मानिसहरु लाइन बस्न थालेका थिए ।

नेपालमा माघ १४ गतेदेखि कोरोना खोप लगाउन सुरु गरिएको हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा, भारतबाटै खरिद गरिएको १० लाख, भारतीय सेनाबाट सहयोगस्वरूप प्राप्त १ लाख र कोभाक्स सुविधाको पहिलो चरणअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी २४ लाख ४८ हजार मात्रा भित्रिएको छ ।

यस्तै, चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी), सिनोफार्मअन्तर्गत उत्पादित भेरो सेल ८ लाख मात्रा अनुदानमा प्राप्त भएको छ । हालसम्म देशभर करिब २० लाख जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय