शुक्रबार , बैसाख ७, २०८१

क्यूवा :

देश अनुसार भेष भनेझै हरेक समुदाय र ठाउँ अनुसार नै परम्परा र संस्कृति भिन्न हुन्छन्। आज हामी एक यस्तै परम्पराबारे जानकारी गराउँदैछौं। जो सुन्दा अपत्यारिलो लाग्छ। यो अनौठो परम्परामा जिउँदो मानिसलाई गाड्ने गरिन्छ।

क्यूवामा बुजी फेस्टिबलका नामले यो प्रथा निकै चर्चित छ। यो पर्वमा जिउँदो व्यक्तिलाई गाड्ने गरिन्छ। कुनै एक व्यक्तिलाई ताबुतमा बन्द गरिन्छ र उसलाई सहरको सडकमा घुमाइन्छ।

ताबुतको पछिपछि उसका आफन्त र मित्रजनसमेत कैयौं मानिसहरुको भीड हिँड्ने गर्छ। सबै मानिसहरु रक्सीको मदहोसमा ताली बजाउँदै नाच्ने गर्दछन्। यतिमात्र होइन, सेतो कपाल फुलेकी एक महिला ताबतभित्र रहेका व्यक्तिकी विधुवा बन्ने गर्छिन्।

खबर अनुसार क्वूवामा यो पर्व पछिल्लो ३६ वर्षदेखि मनाउँदै आइएको छ। यसको नाम ब्यूरियल अफ पचैन्चो हो। हुन त यो पर्व कसैलाई जिउँदै गाड्नका लागि हुन्छ। तर, माहोल हेर्दा कुनै विवाहको तामझामभन्दा कम हुँदैन।

यो पर्वको सुरुवात १९८४ मा भएको थियो। यसलाई स्थानीय कार्निभल समाप्त हुने र एक नयाँ जन्मको संकेतका रुपमा मनाइने गरिएको छ।

यो पनि

पोर्चुगलमा विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण

पोर्चुगलको आरोकामा पैदलयात्री हिँड्ने संसारकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । सर्वसाधारणका लागि उक्त पुल औपचारिक रूपमा मे ३ तारिखमा खुला गरिनेछ ।

कुल २८ लाख अमेरिकी डलर लागतमा निर्मित पुलको लम्बाइ ५१६ मिटर रहेको छ । पोर्चुगलको आरोकास्थित एउटा खोँचमाथि यो पुल बनेको हो ।

विश्वकै सबैभन्दा यो लामो पुल पोर्तुगाली स्टुडियो आइटेकन्स द्वारा डिजाइन गरिएको थियो र कन्डुरिल भन्ने कम्पनीले निर्माण गरेको हो ।

५१६ मिटर लामो उक्त पुलमा पहिलो पटक हिँड्ने मानिसले आफूलाई अलिकति डर लागेको अनुभव भएको सुनाएका छन् ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय