आइतबार , फागुण २०, २०८०

रवि लामिछाने र दिपेश पुनविरुद्ध अनुसन्धान सुरु, जीबी राईका १६ वटा अरु कम्पनी पनि तानिँदैरास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सुरु गरेको छ।जीबी राई अध्यक्ष रहेको सहकारीका मुद्दामा उनीहरु पनि संलग्न रहेको भन्दै पीडितले निवेदन दिएपछि पुरक अभियोजन लैजाने गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो।

 

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले जीबी राईले सञ्चालन गरेका १६ वटा कम्पनी बारे पनि अनुसन्धान सुरु गरेको छ।

 

यो विषयमा यसअघि नै मुद्दा दायर भइसकेकाले पुनः जाहेरी दर्ता गर्नु नपर्ने र अनुसन्धानका क्रममा दोषि पाइए सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा पुरक अभियोग लैजान सक्छ।

 

अहिले प्रहरीले उनीहरुबारे अनुसन्धान सुरु गरेको हो।

 

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् दीपेश पुन ।

 

नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि लगायत १६ वटा संस्थाविरुद्ध पनि अनुसन्धान र कारबाहीको माग गरिएको छ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले निवेदन प्राप्त भएको र अनुसन्धान अगाडी बढाएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय