बिहिबार , चैत्र १५, २०८०

काठमाडाैं

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु सवैभन्दा धेरै मर्कामा परेका छन् ।

दिनभरी भारी बोक्ने र रिक्सा चलाएर बिहान बेलुका छाक टार्ने मजदुर वर्ग निषेधाज्ञापछि काम नपाउँदा समस्यामा परेका हुन् ।

उनीहरुले काम नहुँदा हातमुख जोड्नै समस्या हुन थालेको गुनासो गरेका छन् ।

‘अरु बेला त काम पाइन्थ्यो तर, निषेधाज्ञापछि काम छैन । सवैतिर बन्द छ, काम नभएपछि भरे के खाने भन्ने चिन्ता छ’, वसन्तपुरमा भेटिएका एक मजदुरले भने, ‘रोगले भन्दा पनि भोकले मरिने पो भयो ।
काठमाडौको ठमेल, असन, बसन्तपुर लगायतका स्थानमा दैनिक भारी बोकेर जिविकोपार्जन गर्नेहरुको संख्या उल्लेख्य रहेको छ । तर निषेधाज्ञा लागु भएसँगै त्यस क्षेत्रका मजदुरहरु काम नपाएपछि त्यसै टोलाएर बस्न बाध्य देखिन्छन् ।

यो पनि

श्रमिकको आधारभूत पारिश्रमिक बढ्यो

काठमाडौं । श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि भएको छ । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको हो ।
यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियोे ।

श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताए ।

उनका अनुसार अब दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको दैनिक ५ सय १७ रुपैयाँ पाईरहेकोमा अबदेखि ५ सय ७७ रुपैयाँ पाउने छन् ।

त्यस्तै, हाल प्रतिघण्टा ६९ रुपैयाँमा काम गरिरहेकाले न्यूनतम ७७ रुपैयाँ पाउनेछन् ।

यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८/८९ देखि मात्र लागु हुने सरकारले जनाएको छ ।
पारिश्रमिक निर्धारण श्रमिक र रोजगारदाताका प्रतिनिधिहरूबीच हुनुपर्ने भए पनि लामो समयदेखि सहमति नभएपछि सरकारले हस्तक्षेप गर्नुपरेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय