काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजीरहेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अविश्वासको प्रस्ताव पेश गर्ने विषयमा सहमति भएको छ ।

लामो कसरत पछि दुई पार्टीबीच सहमति भएको हो । उनीहरुले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी समेत थालेका छन् ।

अविश्वासको प्रस्ताव पास हुने ग्यारेन्टी नहुँद सम्म कांग्रेस सभापति देउवाले पहल गरेका थिएनन् ।

स्रोतका अनुसार कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच केही सर्तसहित ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने विषयमा सहमति भएको हो। अव केही दिन भित्रैमा अविश्वासको प्रस्ताव पेश हुने बताइएको छ ।

अविश्वास प्रस्ताव दर्तालगत्तै संसद्‍बाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने सहमति भएको स्रोतले दाबी गरेको छ। सोही सर्तमा उनीहरुबीच अविश्वासको प्रस्तावका बारेमा सहमति जुटेको हो ।

देउवा नेतृत्वकै सरकार भएका बेला नेपालले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । माओवादी केन्द्र त्यसको विरोधमा छ ।

प्रधानमन्त्री ओलीले एमसीसी प्रस्ताव संसदमा पेश हुन नदिएको भन्दै सभामुखको सार्वजनिक रुपमै आलोचना गर्दै आएका छन् ।

उनले सभामुखको विकल्प खोज्ने चेतावनी समेत दिएका थिए । ओली सरकार गिराउनकै लागि प्रचण्डले एमसीसी प्रस्तावका बारेमा सहमति गरेको बुझिएको छ ।

अहिले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याई आफ्नो नेतृत्वमा सरकार बनेपछि एमसीसी अनुमोदन गरिनुपर्ने अडान देउवाले राखेपछि माओवादी केन्द्र पनि सहमत भएको हो ।

स्रोतका अनुसार केही बुँदा परिमार्जनसहित एमसीसी संसदबाट अनुमोदन गर्ने सहमति दुई पार्टीबीच भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय