
काठमाडौं ।
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञासँगै चर्चित अभिनेत्री स्वस्तिमा खड्काले एक तस्विरसहित ‘आजबाट घर बस्ने हैन त ?’ भनेर लेखेकी छिन् ।
उनको उक्त तस्विर र कुरालाई लिएर ट्रोल गरिएको छ । प्रतिकृया दिदैँ अरु बेला चाहिँ जङ्गलमा बस्थिम र ?
दिदी पनि, त्यहीँ त घरमै बस्ने हो जात च्यातिएको पाइन्ट लगाए पनि ढुक्क, सरकारले घरमै बस्नु भनेको हो फाटेको पेन्ट लगाउनु भनेको हैन दिदी फेरी बाहिर धेरै नबस काले दाजु जस्तै होलेउ अनि कि त्यो घुँडाको पेन्टको टालो निकालेर चाहिँ कहाँ फाल्यौ त कि मास्क बनायौं नि भन्ने जस्ता रमाइला खालका प्रतिकृयाहरु आएका हुन् ।
उनको पोस्टमा अरु पनि रमाइला प्रतिकृयाहरु आएका छन् ।
सन्देश मुलक कुरा बोल्दा सन्देशमुलक नै पहिरनमा आउनु नि, हैन च्यात्तिएको पाइन्ट लगाएर सहरभरी नाङ्गै हिड्ने हो, घर बस्या बेला पाईन्ट सिलाउनु, नानी धेरै ज्वाइँसंग नलड्नु भन्या मानिन, छिप्पेका ज्वाइले पाइन्ट तानेर च्याती दिए छन,
यो लक डाउनमा सिलाउन लाउनु है त, पाइन्टको टालो निकालेर मास्क बनाउनु भो कि क्या हो दिदी । जस्ता प्रतिकृयासहित ट्रोल गरिएको छ ।
अर्का एकजनाले हो दिदी हो त्यो एउटा घुडाको पाइन्ट चाइ बेलैमा टाल्नुस है फेरि त्यहाँबाट पनि छिर्नसक्छ कोरोना भनेर लेखेका छन् ।
यो पनि
काठमाडौं । समय समयमा सामाजिक सञ्जालमा अनेक कुराहरु भाइरल भइरहेका हुन्छन् । यो बीचमा अहिले अर्को भिडियोले बजार तत्ताएको छ ।
भिडियोमा एक युवतीले शौचालयमा पार्टीका लागि चाहिने पेय पर्दाथ बनाएर पिएको देख्न सकिन्छ ।
भिडियो हेर्दा तपाईं पनि चकित हुनुहुनेछ । उनले शौचालयको ट्वालेट सिट भित्र एउटा पार्टी ड्रिङ्स बनाउँदैछिन् । यो विचित्रको भिडियो धेरै भाइरल भइरहेको छ ।
यो अहिलेसम्म विभिन्न माध्यमहरुबाट करोडौंले हेरिसकेका छन् । मानिसहरुले भिडियोलाई डरलाग्दो भनेर वर्णन गर्नुका साथै निकै आलोचना पनि गर्दैछन् ।
भाइरल भिडियोमा, महिलाले ट्वालेट सिटको डिब्बा खोल्नु अघि आफ्नो शौचालयको भाँडो क्यान्डी र आइसक्रीमले भर्छिन् । फन्टाले डिब्बामा स्प्राइट र जुस भर्छिन् ।
यो बन्द गरिसकेपछि, उनले चम्चाको साथ कचौरामा क्यान्डी र आइसक्रीम चलाउँछिन् ।
त्यसपछि फ्लसलाई बाहिर निकाल्छिन् । चाँडै उनले फ्लस गरेपछि सफ्ट पेय क्यान्डी संग मिसियो । उ
नीहरुले त्यो पिएको पनि देखिएको छ । धेरै मानिसहरूले भने कि यो भिडियो एक नाटकजस्तो देखिन्छ । तर ती केटीलाई खाना बर्बाद गरेकोमा आलोचना गरिएको छ ।
एक प्रयोगकर्ताले भनेका छन, ‘म शर्त लगाउन सक्छु कि यो कन्टेन्टको लागि गरिएको हो । तर खाना खेर फाल्नु ठीक होइन ।’
यो भिडियो पहिलो पटक ‘द आना शो’ भन्ने फेसबुक पेजमा सेयर गरिएको थियो ।
यो स्पष्ट पार्दछ कि यो ‘मनोरन्जन दिने उद्देश्यका लागि मात्र’ बनेको हो, यसको वास्तविकतासँग कुनै सम्बन्ध छैन । जनवोली