अहंकार र अकर्मन्यताकोे धरहराबाट ओर्लिन ओलीलाई गगन थापाको आग्रह

काठमाडौं ।

कांग्रेस नेता तथा पुर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना महामारी नियन्त्रण प्रधानमन्त्रीको प्राथमिकतामा नपरेको भन्दै आपत्ति जनाएका छन् ।

आफुपनि नगर्ने र जानकारहरुले दिएको सुझाव पनि नमान्ने प्रधानमन्त्रीको अहंकारी प्रवृत्तिप्रति लक्षित गर्दै थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् ।’

नेता थापाले कोरोना नियन्त्रणका लागि विज्ञका कूरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्ने बताएका छन् ।

‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन ।

सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ,’ थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘तर प्रधानमन्त्रीज्यू ! यो लडाइमा हामी एक्लै सक्दैनौँ भनेर स्वास्थ्य मन्त्रालयले हात उठाउने, अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ? यो आपत्तिजनक छ ।’

थापाले संक्रमण नियन्त्रण अहिले कठिन भएपनि उपलब्ध श्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षतिको न्युनिकरण गर्न सकिने ठाउँ रहेको औँल्याएका छन् ।

उनले अघि लेखेका छन्, ‘कठिन छ, तर अझै हामीसंग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ ।

त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ ।’

२०७८ बैशाख १८, शनिबार ०६:२८ गते 0 Minutes 78 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार