शुक्रबार , बैसाख ७, २०८१

काठमाण्डाै

अष्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने भएको छ ।

भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल या ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको बीबीसीले जनाएको छ ।

भारतमा अहिले नौ हजार अष्ट्रेलियाका नागरिक रहेकामा ६ सय जनालाई जोखिमयुक्त समूहमा राखिएको खबरमा उल्लेख छ ।

आफ्ना परिवार भारतमा कोरोनासँग सङ्घर्ष गरिरहेको अवस्थामा सरकारले यस्तो नियम लगाउनु गलत भएको आवाज उठे पनि अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने सरकारले हल्का ढङ्गले निर्णयहरू नगरेको बताउनुभयो ।

भारतमा सङ्क्रमणदर बढेसँगै अमेरिकासहितका कयाैँ देशले भारतसँगका उडान बन्द गरेका छन् । भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

यो पनि

काठमाण्डाै – भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ ।

यस्तै हिजो तीन हजार चार सय ६४ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार सात सय नाघेको छ । यसैबीच भारतले कोरोना परीक्षणको संख्या तीव्र गतिमा बढाएको छ ।

गएको बिहीवार मात्रै १९ लाख २० हजार जनाको पीसीआर परीक्षण भएको खबरमा उल्लेख छ । यस्तै बुधवार साढे १७ लाखमा परीक्षण भएको थियो ।

भारतमा अहिलेसम्म २८ करोड ६४ लाख जनामा पीसीआर परीक्षण भएको छ । उज्यालो अनलाईन

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय