बुधबार , बैसाख १२, २०८१

हङकङ

हङकङ सरकारले हङकङ–नेपाल उडानमा प्रतिबन्ध लगाएको छ। हङकङमा कोरोना त्रास कम भए पनि सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको छ।

अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई कडाइ गरिएको हो।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ।

नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र भएसँगै हङकङ सरकारले सतर्कता अपनाएको हो।

यसअघि नेपालबाट हङकङ आउने यात्रु ४८ घण्टे पीसीआर जाँचको प्रमाणपत्र बोकेर हङकङ आउँथे।

हङकङमा पुनः परीक्षणपश्चात् २१ दिन अनिवार्य क्वारेन्टाइन बस्ने प्रावधान थियो। हरेक उडानमा पाँचजनाभन्दा बढीमा कोरोना संक्रमण देखिए उडान प्रतिबन्ध हुने भनिएको छ।

यो पनि

सुन र चाँदी दुबैको मूल्य घट्यो,कति पुग्यो तोलाको ?

काठमाडौं :

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।

बिहीबार प्रतितोला ३ सय रुपैयाँले बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ८५० रुपैयाँ घटेर ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार प्रतितोला १ हजार ३१५ रुपोयँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्नपुर्णपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय