बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

गत एक सातामै १९ वर्षमुनिका २ हजार ५ सय ५६ जना किशोर-किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा कुल २९ हजार ३ सय ७३ जना मानिसमा संक्रमण देखिएकोमा २५ सय बढी १९ वर्षमुनिका किशोर-किशोरी छन्।

संक्रमणको नयाँ प्रकार (भेरियन्ट) बालबालिका र युवा उमेरका मानिसमा पनि उत्तिकै जोखिम रहेका कारण सो उमेर समूहका धेरै मानिसमा संक्रमण देखिन थालेको बताइएको छ।

नेपालमा यसअघि यति धेरै किशोरकिशोरी र बालबालिकामा संक्रमण देखिएको थिएन। तर यसपटक भने संक्रमण देखिने मात्र हैन अस्पताल भर्ना हुनेमा पनि बालबालिका र युवा उमेरका मानिस पनि धेरै छन्।

कोरोना उपचारमा खटिएका चिकित्सकहरूले समेत यसपटक अस्पताल भर्ना हुनेमा युवा उमेर र बालबालिका पनि रहेकाले यी उमेर समूहकालाई पनि उच्च सतर्कता अपाउन आग्रह गरेका छन्।

गएको २४ घण्टामा मात्र ५ हजार ७ सय २७ जनाको परीक्षण गरिएकोमा ४ सय ७६ जना १९ वर्ष मुनिका छन्। यसले गर्दा पनि संक्रमण युवा र बालबालिकामा पनि उत्तिकै जोखिम रहेको पुष्टि हुन्छ।

यसअघि फैलिएको कोरोना युवा र बालबालिकामा त्यति धेरै जोखिम नरहेको बताइएकोमा अहिलेको नयाँ प्रकार भने झन् धेरै यी समूहका मानिसमा जोखिम रहेको अध्ययनले बताएको छ।

साथै, यी उमेर समूहका मानिसहरू संक्रमण हुनुबित्तिकै थलिएको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन्।

यसरी नै संक्रमण तीव्र फैलिए युवा र बालबालिकासमेत धेरै संख्यामा संक्रमित हुने देखिन्छ। तसर्थ, विज्ञहरूले यी समूहलाई पनि सावधानी अपाउन आग्रह गरेका छन्। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय