शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं,

सत्ता समिरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी, नेपालपनि आन्तरिक विवादको भूमरीमा फसेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कि यही सरकारलाई समर्थन गरेर जाने भन्नेबारे जसपामा आन्तरिक विवाद छ ।

अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीलाई नै समर्थन गरेर जाने पक्षमा छन भने अर्का अध्यक्ष उपेन्द्र यादव भने कुनैपनि हालतमा यो सरकारलाई विस्थापित गर्नुपर्ने अडानमा छन् । ठाकुरलाई राजेन्द्र महतोले साथ दिएका छन भने यादवलाई डा. बाबुराम भट्टराईको साथ छ ।

जसपा सांसदहरु अविश्वासको प्रस्तावको पक्ष-विपक्षमा विभाजित (को कुन पक्षमा सुचीसहित)

पछिल्लो समय जसपामा विवाद उत्कर्षमा पुग्नुको अर्को कारण–लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही पनि हो ।

अध्यक्ष यादव र बाबुराम पक्षधर बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले चार सांसदलाई कारबाही गरेको पत्र लुम्बनी प्रदेश सचिवालयलाई पठाएको थियो ।

तर, ठाकुर पक्षले उक्त कारबाही र हस्ताक्षरलाई फर्जीको संज्ञा दिएका छन् । अध्यक्ष ठाकुरले चारै जना सांसदलाई काठमाडौं बोलाएका छन् । आजमात्रै उनीहरु कारबाही रोकी पाउँ भन्दै निर्वाचन आयोग पुगेका छन् ।

यो विषयले अध्यक्षद्धय ठाकुर र यादवबीच बोलचाल नै बन्द भएको छ । जसपा फुट्ने चर्चा चलेसँगै दोस्रो पुस्ताका युवा नेताहरुले दुई अध्यक्षबीच सम्वादको लागि आज विहान दौडधुप गरेका थिए । तर, ठाकुरले यादवसँग आफूले छलफल नै नगर्ने अडान लिएका थिए ।

जसपाका बहुमत सदस्य प्रधानमन्त्री ओलीविरुद्ध ल्याउने अविश्वास प्रस्तावको पक्षमा

ठाकुरनिकट स्रोतकाअनुसार लुम्बिनी प्रदेशको केशमा यादवले पार्टीको निर्णय हितविपरित कदम चालेको भन्दै आक्रोश पोख्ने गरेका छन् ।

लुम्बिनी प्रदेशका चार जना सांसदलाई कारबाहीको विषयमा प्रदेश अधिकारमाथि हस्तक्षेप भएको टिप्पणी गरेका छन् । स्रोतकाअनुसार ठाकुर यादवसँग कुरै गर्ने मुडमा छैनन् । आजपनि दुवै अध्यक्ष पक्ष आ–आफ्नो पक्षको बैठकमा व्यस्त थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय