शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं

बलिउड नायिका इशा गुप्ताले सामाजिक संजालबाट अलग हुने घोषणा गरिन् । उनले, भारतमा कोरोना भाइरसका कारण दैनिक हजारौ मानिसको ज्यान गैरहेको भन्दै यसले दुःखी तुल्याएको पनि उल्लेख गरेकी छिन् । यसकारण, आफू सामाजिक संजालबाट अलग भएको इशाले उल्लेख गरेकी छिन् ।

उसो त, बलिउडका सेलिब्रिटीहरुले विभिन्न कारण देखाउँदै सामाजिक संजालबाट अलग हुने घोषणा गरिरहेका छन् । चलचित्र ‘दंगल’बाट बलिउडमा प्रवेश गरेकी नायिका फतिमा सना शेखले पनि सामाजिक संजालबाट अलग हुने निर्णय गरिसकेकी छिन् ।

उनले, आफूले सामाजिक संजालबाट अलग हुने निर्णय गरेको भन्दै सबैलाई सुरक्षित रुपमा रहन अपिल गरेकी थिइन् । बलिउड नायक आमिर खानले पनि सामाजिक संजालबाट अलग हुने निर्णय गरेका थिए ।

उनले मार्च महिनामा आफ्नो काममा ध्यान दिनुपर्ने भन्दै सामाजिक संजाल छाडेको उल्लेख गरेका थिए । सामाजिक संजालमा नकारात्मक कुराले बढी स्थान पाउने र कलाकारहरु यसको निशानामा पर्न थालेपछि उनीहरुले टाढा हुने निर्णय गरेका हुन् ।

चलचित्र ‘लवरात्री’की नायिका वरिना हुसेनले पनि अप्रिल महिनामा सामाजिक संजालबाट अलग हुने निर्णय गरिन् । उनले आफ्नो ट्विटर एकाउन्ट आफ्नो टिमले हेर्ने भन्दै आफू अलग भएको उल्लेख गरेकी थिइन् ।

 

यो पनि

‘कन्डम परिक्षक’को भूमिका निभाउँदै राकुल

बलिउडले पछिल्लो केही बर्षदेखि कथा भनिरहेको छ । नाम चलेका स्टार कलाकारको चलचित्रले बक्स अफिसमा पानी भन्न नपाउँदा उदाउँदै गरेका केही कलाकारको चलचित्रले धुम मच्चाइरहेको छ । यसैले, पनि बलिउडमा पछिल्लो केही बर्षयता स्टारडमलाई कथाले उछिनेको छ ।

यसैले, पनि आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव जस्ता नायक फरक खालका कथामा काम गरिरहेका छन् । केही नायिकाहरु पनि यही बाटोमा देखिएको छन् । साउथ चलचित्रमा सफलता कमाएपछि बलिउडमा पाइला राखेकी नायिका राकुल प्रित सिंह पनि नयाँ खालको कथामा काम गर्ने तयारीमा छिन् ।

नाम तय नगरिएको एक नयाँ चलचित्रमा राकुल ‘कन्डम परिक्षक’को भूमिकामा देखिदैछिन् । यो चलचित्रको कथा फरक र यूनिक लागेपछि राकुल काम गर्न तयार भएकी हुन् । उनले, यो चलचित्रमा संझौता नगरेपनि मौखिक रुपमा सहमती जनाइसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रले कन्डम उत्पादन गर्ने कम्पनीले बजारमा आफ्नो उत्पादन पठाउनु अगाडि त्यसको परिक्षण गर्ने एक यूवतीलाई नियुक्त गरेको बिषयमा यो चलचित्र बन्नेछ । जसमा राकुलले ‘कन्डम परिक्षक’को भूमिकामा काम गर्दैछिन् । यो चलचित्रको अफर आएपछि राकुल पनि उत्साहित छिन् । अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय