बुधबार , बैसाख १२, २०८१

काठमाडौं

सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ।

नेपाली सेनाको टोलीले दुई वटा शव र हेलिकप्टर फेला पारेको हो।

सेनाको टोलीले बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो।

हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

हेलिकप्टरभन्दा केही समय टाढा शव फेला परेको र ती शवको पहिचान नभएको पौडेलले बताए।

‘ती शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन भन्ने पनि खुलेको छैन, बेस क्याम्पदेखि दुई सय मिटर दक्षिण शव फैला परेका छन्,’ पौडेलले भने, ‘एयर डायनेष्टीको हो भन्ने पुष्टि भइसक्यो, यसबारे विस्तृत जानकारी आउन बाँकी छ।’

हेलिकप्टरको अवशेष भने बेस क्याम्पबाट एक किलोमिटर टाढा रहेको पौडेलले बताए।

सेनासहित स्थानीय निकाय, संघसंस्था तथा स्थानीयको समन्वयमा सगरमाथासहित ६ वटा हिमाल सफाइ भइरहेको पौडेलले बताए।

यो पनि

थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै तीन हजार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३ सय ९१ नमूनाको पिसिआर परीक्षण र ५ सय २५ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ५ हजार ६ सय ५७ जना र एन्टिजेन विधिबाट ७० जना गरी ४ हजार ५ सय ७ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा १३३, ललितपुरमा ४१९ र काठमाडौंमा २४०४ जना गरी दुई हजार ९ सय ५६ संक्रमित थपिएका छन्।

देशभर सक्रिय संक्रमित संख्या ३८ हजार ८ सय १३ रहेको छ।

कोरोनाबाट निको हुनेको दर ८६.९ प्रतिशत छ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १ सय ८७ पुगेको छ।

गत २४ घण्टामा ९२८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ पुगेको मन्त्रालयले जनाएको छ।

आज देशभर ५५ जना क्वारेन्टिनमा छन्।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय