शुक्रबार , फागुण ११, २०८०

दु:खद खबर: विमानस्थलबाट टेक अफ हुने क्रममै जहाज दुर्घटना ?१ माघ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि पृथ्वीचोक क्षेत्रमाथि ठूला जहाज देखिन छाडेको थियो । १ जनवरी २०२३ देखि जहाजहरु लेखनाथ क्षेत्रबाट सीधै अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन्थे । तर आइतबार स्थानीय बबरजंग गुरुङले आफ्नै घरमाथि जहाज उडेको देखे, त्यो जहाज एकैछिनमा फनक्कै फर्क्यो र सेती खोंचतिर ड्याम्म बजारिएको आवाज आयो । खोंचतिर हेर्न जाँदा धुवाँको मुस्लो निकाल्दै आगो बलिरहेको रहेछ ।जहाज आधा उँधो रहेछ, आधा त माथि जलिरहेको रहेछ’ गुरुङले भने, ‘यस्तो घटना मैले थाहा पाएको थिइनँ ।’सेती नदीनजिकै घर भएका विकास बस्यालका अनुसार ठूलो आवाज निकाल्दै जहाज खोंचतिर बजारियो । खोंचबाहिरको डिलमा ठोक्किएपछि जहाजबाट केही मानिस उछिट्टिएको उनले देखेका थिए । यती एयरलायन्सको नाइन एन-एएनसी जहाज आइतबार विहान दुर्घटनापछि आगलागी भएर धुवाँको मुस्लोले पोखराको आकाश नै ढाकियो, दुर्घटनाको हल्ला बजारैभरि फैलियो र दगुर्दै मानिसहरु त्यतै जान थाले ।सञ्चारमाध्यममा ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटना भएको समाचारहरु पनि आउन थाले । एकैछिनमा ठूलो भीड पोखराको सेती खोंच आसपासमा देखियो । केही स्थानीय बासिन्दा सुरुदेखि नै उद्धारमा थिए भने कास्कीका सबै सुरक्षा निकाय पनि उद्धारमा खटिए । तर, रमिता हेर्न मानिसको भीडले एम्बुलेन्स आउ/जाउ गर्नसमेत नसक्ने अवस्था आयो ।

 

दिनभर सेती खोंच आसपास एम्बुलेन्सका साइरन बजिरहे । जहाजमा यात्रारत परिवार र आफन्तका चीत्कारहरु सुनिइरहे ।आइतबार साँझसम्ममा ६८ जनाको शव भेटियो ४ जनाको अवस्था अझै थाहा हुनसकेको छैन । सनाखत भएका शव सोमबारमात्रै जिम्मा लगाइने, सनाखत नभएकाको परीक्षण गर्न काठमाडौं पठाइने सुरक्षा अधिकारीहरुले बताएका छन् ।दुर्घटनामा पाइलट, डाक्टर, पत्रकार, संगीतकर्मी, विदेशी पाहुनादेखि यो देशका सामान्य नागरिकसम्मले ज्यान गुमाएका छन्पोखरा आउने धेरैजसो जहाज पूर्वी क्षेत्रबाट आउँछन् र त्यतैबाट अवतरण गर्छन् । आइतबार विमान दुर्घटना हुनुअघि पोखरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले पनि पाइलटलाई पूर्वतर्फकै ‘रनवे-३०’ मा ल्याण्ड गर्न आग्रह गरेका थिए । तर क्याप्टेनले ‘रनवे १२’ बाट आउँछु भनेको त्रिभुवन विमानस्थलको एटीसीका प्रमुख योगेन्द्र केसीले जानकारी दिए । व्यवसायी आनन्दराम मुल्मी भन्छन्, ‘पूर्वबाट ल्याण्ड गर्नुपर्ने जहाज पश्चिमबाट ल्याण्ड गर्नुपर्ने परिस्थिति किन र कसरी सिर्जना भयो भन्ने बुझ्न गाह्रो परिरहेको छ ।’

 

ल्यान्डिङ क्लियरेन्स लिइसकेको जहाज दुर्घटना हुनुले थुप्रै प्रश्नहरु उब्जाएको छ । नागरिक उड्डयन प्राधिकरणको क्षमतामाथि पनि यसले प्रश्न उठाएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुल्मीको भनाइ छ । जहाज दुर्घटनापछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको छत्यस्तै सरकारले आन्तरिक उडान भर्ने सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन दिइसकेको छ । व्यवसायी मुल्मी जहाजहरुको नियमित मर्मत सम्भार र अनुगमनमा नागरिक उड्डयन प्राधिकरणले ध्यान दिनुपर्ने बताउँछन् । ‘पटक पटक उड्न लागेका जहाज पनि फर्किने, उड्दा उड्दै आकस्मिक अवतरण गर्नुपर्ने अवस्था पनि थिए । आफ्नो सिस्टमलाई बलियो बनाउनेदेखि अनुगमनसम्म प्राधिकरण त्यति संवेदनशील अझै पनि नभएको हो कि भन्ने लागिरहेको छ’ उनले भने ।

 

१ जनवरी २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदा यो देशकै आर्थिक विकासमा कोसेढुंगा हुने विश्वास गरिएको थियो । पोखरेलीले ५० वर्ष पुरानो सपना पूरा भएको भन्दै उत्सव मनाएका थिए । विमानस्थलको उद्घाटनमा पोखरेली जनसागर उर्लिएको थियो । उद्घाटनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले देशकै अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने बताएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल चलेपछि पोखराले सोझै अन्तर्राष्ट्रिय पर्यटक भित्रिने र त्यसले स्थानीदेखि राष्ट्रिय अर्थतन्त्रलाई चलायमान गराउने चर्चा । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय