काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) बहुमत पक्षले प्रधानमन्त्री केपी ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय गरेको छ।

जसपाको बहुमत कार्यकारिणी सदस्यको बैठकले ओलीविरूद्धको अविश्वास प्रस्तावलाई सहयोग गर्ने निर्णय गरेको हो।

जसपाका एक कार्यकारिणी सदस्यका अनुसार वैशाख १४ गते बसेको बहुमत सदस्यको बैठकले लुम्बिनीमा पार्टी निर्णय विपरित जाने प्रदेश सांसदलाई निश्कासन गर्ने र ओली विरूद्धको अविश्वास प्रस्तावमा सहयोग गर्ने निर्णय गरेको हो।

ती कार्यकारिणी सदस्यका अनुसार जसपाका १८ जना सांसदले अविश्वास प्रस्तावका लागि हस्ताक्षर गरेका छन्। कांग्रेसले सक्रियता देखाएमा यो संख्या २२ कट्ने उनले सेतोपाटीसँग दाबी छ।

जसपामा पूर्व संघीय समाजवादी पार्टीका १७ र पूर्व राष्ट्रिय जनता पार्टीका १७ सांसद छन्। ती मध्ये दुवै पूर्व पार्टीका १-१ सांसदहरू निलम्बित छन्।

‘लुम्बिनीका सांसदहरू निश्कासन गर्ने निर्णयले पार्टी अध्यक्षहरू प्रतिगमनका विरूद्धमा कति निर्मम छन् भनेर देखाएको छ,’ ती कार्यकारिणी सदस्यले भने, ‘प्रदेशका सरकारहरू बदल्नेदेखि केन्द्रमासमेत प्रतिगमनका पक्षमा रहने विरूद्धमा उभिने हाम्रो निर्णय हो। यसमा सँगै हिड्नेहरू आउँछन् नआउनेहरू छुट्छन्।’

जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये रेशम चौधरी जेलमा छन्। बहुमत सदस्यको बैठकमा २६ जनाले हस्ताक्षर गरेका छन्। जसमा पूर्व राजपाका तर्फबाट महिन्द्र राय यादवकोसमेत हस्ताक्षर छ।

 

यो पनि

देउवाले आज ३ बजे पत्रकार सम्मेलन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे पत्रकार सम्मेलन गर्न लागेका छन्।

कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गर्न देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उनका सहयोगी भानु देउवाले सेतोपाटीलाई बताए।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको कांग्रेसले आरोप लगाउँदै आएको छ।

कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा कोरोना अनुगमन समिति पनि गठन गरेको छ।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय