शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं

ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ । शुक्रबारबाट लागु हुनेगरी ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्डस्टोर मूल्य २० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

संघले बिहीबार मात्रै जिउँदो कुखुराको मासुको मूल्य २७० रुपैयाँ प्रतिकिलो तोकेको संघका सचिव देवकुमार गिरीले जानकारी दिए ।

‘आजसम्म जिउँदो ब्रोइलरको कोल्ड स्टोर मूल्य २९० थियो । भोलिबाट २७० रुपैयाँ हुन्छ,’ सचिव गिरी भन्छन् ‘अब तयारी मासुको मूल्य ३८० रुपैयाँ हाराहारी कायम हुनेछ ।’

जिउँदो कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घट्दा तयारी मासुको हालको मूल्यमा ३५ रुपैयाँ गिरावट आउने पनि सचिव गिरीले बताए ।

अहिले बजारमा ४१५ रुपैयाँ किलोमा तयारी ब्रोइलर कुखुराको मासु बिक्री भइरहेको छ । गत वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले नै घटेर २९० रुपैयाँ आइपुगेको थियो ।

 

यो पनि

आजको मौसम : मेघगर्जन तथा चट्याङसहित वर्षा

काठमाडौँ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको हुँदा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

दिउसो : देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक/दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ।

देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

केटिएम दैनिक

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय