काठमाडौं ।

नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले दिएको बयानले सबैलाई हैरान बनाएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री बन्नु भएका मनाङेले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार दुई साता पनि नटिक्ने दावा गर्नुभयो ।

आफै मन्त्री बनेको सरकारको विश्वास नभएको पहिलो मन्त्री भन्दै उनको बयानलाई लिएर सबै चकित बनेका छन् ।

सरकार टिक्दैन भन्ने थाहा हुँदाहुँदै मन्त्री हुन तयार भएको बयान उहाँले दिनु भएको छ । मन्त्री मनाङेका अनुसार यो सरकारको कामै छैन, दुई हप्तामा जान सक्छ ।

साथै उहाँले मन्त्री हुँदाको अवधिभर सकेको राम्रो काम गर्ने पनि स्पष्ट पार्नुभयो । वर्तमान सरकार १० दिन या दुई साता टिक्ने भएकोले त्यतिञ्जेलसम्म राम्रो खेलकुद नीति बनाएर छाड्ने उहाँको दाबी रहेको छ ।

उहाँले आफुलाई मनाङवासीले सांसद बनाएर पठाएको बताउनुभयो । मनाङवासीले आफुलाई मन्त्री बनाउनलाई नजिताएको उहाँको बुझाई रहेको छ ।

आफु मन्त्री नरहे पनि पोलिसी बनाएर छोड्ने, अर्को आउने मन्त्रीले त्यसैलाई टेकेर काम गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

अर्को प्रशंगमा उहाँले एमाले पार्टी मन परेर भन्दा पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गुन तिर्न एमालेको पक्षमा उभिएको बताउनुभयो ।

एमालेसँग मिलेर चुनाव लडेर जितेका कारण मुख्यमन्त्रीको गुन तिर्न लागेको उहाँको भनाई छ । जनवोली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय