शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै गरेको दाबीले सबैलाई चकित बनाएको छ । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रचण्डले त्यस्तो बयान दिएका हुन् ।

उनले विश्वले नेपाललाई भन्दा धेरै आफुलाई चिन्ने गरेको बताएका छन् । तपाईंले हिन्दीमा भाषण गर्दै भारतमा केपी ओलीलाई भन्दा बढी मलाई चिन्छन् भन्ने दावी गर्नुभएको थियो, त्यसको आधार के हो ? भनेर कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँले सोधेको प्रश्नको जवाफमा प्रचण्डले त्यस्तो दावा गरेका हुन् ।

प्रचण्डले भने, ‘भारतमा मात्रै होइन संसारभरका मान्छेले मलाई चिन्छन् । मैले घमण्ड गर्‍यो भन्ने लाग्ला । तर, म जनयुद्धबाट शान्ति प्रक्रियामार्फत गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि नेपाल प्रचण्डको नामबाट चिनिन थाल्यो भन्थे पत्रकारहरू ।

संसारभरका मान्छेले नेपालभन्दा बढी प्रचण्डलाई चिनेजस्तो भएको छ ।’ उनका अनुसार यो दाबी एउटा मिथकजस्तो पनि लाग्छ । प्रचण्डले युद्धबाट शान्तिमा आएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्नुलाई दुर्लभ सफलता मानेका छन् ।

दुर्लभ मान्छेले प्राप्त गर्ने अवसर आफुले प्राप्त गरेँको उनको बुझाई रहेको छ । प्रचण्ड आफैंलाई यो अलि अनौठो लाग्छ । एक फरक प्रशंगमा उनले अहिले स्वदेशी तथा विदेशी शक्तिहरु आफूविरुद्ध हात धोएर लागेको बताएका छन् ।

अहिले प्रचण्डलाई सिध्याउने मिसन चलेको भन्दै त्यस्तो भएमा परिवर्तन पनि समाप्त हुने उनले बताए ।

स्थानीय जनताको चाहना अनुसार आफूले हिन्दीमा भाषण गर्ने गरेको उनको भनाई छ ।

हिन्दीमा भाषण गर्दा तराइका जनताले आफ्नोपन महसुस गर्ने भएको हुँदा आफुले हिन्दीमा भाषण गर्ने गरेको उनले स्पष्ट पारेका छन् ।

यति मात्र हैन खशीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली हो संसद भन्नुहुन्थ्यो तर तपाई नै आएको पछिल्लो संसदीय खेल देख्दा दिक्क लागेको छैन ? भनेर प्रस्तोताले गरेको प्रश्नमा साच्चै दिक्क लागेको छ । तर आइतहालियो भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय