शुक्रबार , बैसाख ७, २०८१

काठमाण्डौ

हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्ननमा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डलाई बोलाईएको छ।

उक्त कार्यक्रमा एक अंशमा प्रचण्डले केपी ओलीले भन्दा सम्मा आफुले विश्वासको मत फिर्ता नलिने बताएका छन्। उनका अनुसार केपी ओलीले दालमा कुछ काला भएर विश्वासको मत लिनु भनेको बताएका छन्।

सर्वोच्च अदालतले गरेको आदेशसँगै के पी ओलीको सरकार स्वत अल्पमतमा परिसकेको र आफ्नि पार्टीले कुनै सरकार गठ बन्धनमा सहमती नदिएको बताए।

उने भनेका छन्, मान्छेहरुले आफुलाई किन विश्वासको मत फिर्ता नलिएको भन्ने प्रश्न गर्दा आश्चर्य लाग्ने बताए। हाम्रा एक नेताले संसदमा नै हामीले के पी सरकारलाी कुनै समर्थन दिएको छैन भनिसक्नु भएको छ भनेर जोड्नु भएको थियो।

के पी ओलीले एक महिना भित्र विश्वासको मत लिनु पर्नेमा सो गर्ने नसकेको बताउनु भएको छ।

 

यो पनि

पोखरा ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले पर्सि बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संक्रमाकम रोग ऐन र स्थानीय प्रशासन ऐनअनुसार वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते साति १२ बजेसम्मका लागि आदेश जारी गरेका हुन् ।

आदेशमा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन र हिडडुल गर्न रोक लगाइएको छ भने अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोडबिजोर लागू गरिएको छ । जोर गते जोर नम्बर र विजोर गते बिजोर नम्बरको सवारी चलाउनुपर्नेछ ।

सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटपाथ सेवा तथा स्थानहरु बन्द हुनेछन् ।

विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ र १५ भन्दा बढी सहभागी हुन पाइने छैन ।

दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ । अरु पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द हुनेछन् ।

बैंक तथा वित्तिय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्नेछन् । सुदर्शन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय