बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

दिपक मनाङे, काठमाडौंको मुख्य व्यापारिक क्षेत्रलाई केन्द्र बनाएर गुण्डागर्दीमा संलग्नको रुपमा परिचित नाम हो । ठमेललगायतका क्षेत्रमा मनाङेको प्रभाव अझै पनि छ ।

विकिपेडियामा दिपक मनाङेको परिचय नेपाली ग्याङस्टर र राजनीतिज्ञका रुपमा परिचय उल्लेख छ । उनी सन् १९९० को दशकमा ठमेल क्षेत्रमा हप्ताअसुली गर्दै बढेको विवरणमा भनिएको छ ।

उनीमाथि ज्यान मार्ने उद्दोग, सांघातिक आक्रमणलगायतको अभियोग दर्ता भई जेल सजाय पनि भएको थियो ।

ठमेलमा जन्मिएका मनाङे कलकत्ता र सिक्किममा हुर्किएका थिए । उनले विद्यालय स्तरको शिक्षा सिक्किमबाट पूरा गरेका थिए । काठमाडौं फर्किएर केही वर्ष गार्मेन्ट व्यवसाय चलाए । काठमाडौं र दिल्ली ओहोरदोहोर गरेर तयारी पोशाकको व्यापार गरे ।

रात्रीक्लबहरुमा मनाङेले लगानी गरे । उनको डिस्को, क्लब, रेस्टुरेन्ट र निर्माण व्यवसाय समेत गरे । व्यवसाय गर्दा गर्दै उनी हप्ताअसुलीमा लाग्न थाले । उनीमाथि जर्बजस्ती हप्ताअसुलीको अभियोग लाग्ने गथ्र्यो । उनी पटक पटक पक्राउ परे ।

काठमाडौं उपत्यकामा गनिएका डनहरुमध्ये दिपक मनाङे पहिलो नम्बरमा आउँथे । उनीमाथि प्रतिष्पर्धी डनहरुमाथि आक्रमणको अभियोग समेत दर्ता भएको थियो ।

आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगको सामना गरेका दिपक मनाङे अचानक राजनीतिमा संलग्न भए । उनलाई विगतमा राप्रपा नेता पशुपति शमशेर जबराको संरक्षण थियो ।

पछि लक्ष्मण थारु नेतृत्वको थारुवान संघीय समाजवादी पार्टीमा जोडिए । फेरि राप्रपामा लागे । पछि राप्रपा परित्याग गरे ।

मनाङबाट प्रतिनिधि सभामा उम्मेदवारी दाबी गरे । मनाङबाट नेकपा एमालेको टिकटबाट चुनाव लड्न खोज्दा उनलाई रोक्ने प्रयासहरु चले । एमालेले टिकट नदिने भयो । डनलाई टिकट दिन खोज्दा पार्टी नै बदनाम हुने भन्दै आलोचना भयो ।

त्यसपछि मनाङेले टिकट नपाउने भए । एमालेले उनीसँग भित्री सहमति गर्यो । जस अनुसार प्रदेश सभामा मनाङेलाई साथ दिने र प्रतिनिधि सभामा मनाङेले एमाले उम्मेदवारलाई साथ दिने विषय थियो ।

मनाङे राजीव गुरुङ्गका नामबाट मनाङ ख बाट स्वतन्त्र उम्मेदवार बने । उनले सजिलै चुनाव जिते ।

गण्डकी प्रदेश सभा सदस्य बनेका मनाङे त्यसपछि पोखरा मुकाम बनाएर सक्रिय भए । उनी खेलकुद सम्बन्धी कार्यक्रमहरुमा प्रमुख अतिथि बनेको देखिन्थ्यो ।

नेकपा विभाजनका बखत मनाङे बामदेव गौतमको पक्षमा देखिए । उनी बामदेवको एकता अभियानमा लागे ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनलाग्दा उनले एमाले त्यागेको घोषणा गरे । प्रदेश सभामा स्वतन्त्र सांसदको हैसियतले अलग्गै कुर्सी राख्न निवेदन दिए । उनले अविश्वासको प्रस्तावको पक्षमा रहेको सन्देशहरु प्रवाह गरे ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता हुँदा राजनीतिक रोचक मोडमा पुग्यो । जनमोर्चाका सांसद खिमविक्रम शाही अविश्वासको प्रस्तावमाथि मतदान हुने बखत वेपत्ता भए । त्यसपछि मनाङे निर्णायक शक्ति भए ।

उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले मन्त्री बनाउने प्रतिवद्धता व्यक्त गरेपछि निर्णय परिवर्तन गरे । उनले विपक्षमा मतदान गर्ने भए ।

कुनैबेला काठमाडौंका ग्याङस्टर दिपक मनाङेलाई प्रदेशको मन्त्री बन्ने अवसर सृजना गर्यो । संसदको अंकगणितको खेलले मनाङेलाई मन्त्रीको अवसर जुरायो । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय