बिहिबार , चैत्र १५, २०८०

काठमाडौं, ।

नेकपा एमालेका नेता बामदेव गौतमलाई आफ्नैले धमाधम छाड्न थालेका छन् । गौतमका विश्वासपात्र भनिएकाहरु धमाधम छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्पमा जान थालेका छन् ।

गौतम निकट बागमती प्रदेशका सांसद डा. रामकुमार अधिकारीले क्याम्प परिवर्तन गरेका छन् । उनी ओली समूहमा गएर राज्यमन्त्री बनिसकेका छन् ।

गौतमको एकता अभियानका दिपक मनाङेले पनि साथ छाडेका छन् । मन्त्री बन्ने भएपछि स्वतन्त्र हैसियतका मनाङे पृथ्वी सुब्बा गुरुङसँग जोडिएका छन् ।

पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमाथिको अविश्वासको प्रस्तावमा मतदान हुनुपूर्व मनाङे स्वीच अफ गरेर हराएका थिए ।

विगतमा गौतमसँग नजिक रहेर निर्देशन मान्दै आएका मनाङे परिवर्तन भएको विषयले भैंसेपाटीमा खैलाबैला मच्चिएको छ ।

बामदेवलाई विगतमा साथ दिदै आएका घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतले पनि साथ छाडिसकेका छन् । उनीहरु पछिल्लो समय माधव नेपाल र झलनाथ खनालसँग नजिक छन् ।

यो पनि

दिउँसो २ बजे देउवाको पत्रकार सम्मेलन

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।
कोरोना महामारीका सन्दर्भमा देउवाले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

यसको अलावा उनले समसामयिक राजनीतिक विषयमा पनि आफ्नो धारणा राख्ने बुझिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या धेरै बढेको र सरकारले रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको देउवाको गुनासो थियो । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय