शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

गण्डकी प्रदेश सरकारका खेलकुदमन्त्री दिपक मनाङेले सरकारको भविष्य अनिश्चित भएको आफै बोले । सरकार १० दिनभन्दा बढी नटिक्ने जान्दाजान्दै आफू मन्त्री बनेको उनको भनाई थियो । आखिर मनाङे किन मन्त्री बन्न तयार भए ?

स्वतन्त्र उम्मेदवारी दिएर मनाङ ख बाट चुनाव जितेका मनाङे पछिल्लो समय एमाले निकट हुन् । उनी बामदेव गौतमको एकता अभियानमा पनि छन् ।

जनमोर्चा जता आफू उतै मत दिन तयार भएको बताएका मनाङे रातारात परिवर्तन भए । उनलाई नेकपाका प्रभावशाली नेताहरुले सम्पर्क गरी अविश्वासको प्रस्तावको विपक्षमा पुर्याएका थिए ।

ग्याङस्टार हुँदै प्रदेश सभा सांसद अनि मन्त्री बनेका मनाङेले छोटो समय नै भएपनि मन्त्रीको गाडी चढेर झण्डा हल्लाउन पाउने ठानेरै अगाडि बढेको बुझिएको छ । उनले दौरा सुरुवाल पनि बिहिबार नै सिलाएको खुलाइसकेका छन् ।

दिपक मनाङे ग्याङस्टरबाट मन्त्री

मनाङे मन्त्री पदको सपथ लिएपछि पनि सरकार लामो दिन नजाने बताएका थिए । जति दिन मन्त्री बनेपनि भिजनका साथ प्रस्तुत हुने         दाबी गरे ।

आफूले जग हाल्ने र त्यही जगमा टेकेर अरुले काम गर्न सक्ने उनको तर्क थियो ।

पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई जोगाइदिएकाले मनाङले मन्त्री पद उपहार पाएका हुन् । जनमोर्चा सांसद खिमविक्रम शाही अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको १५ वैशाखमा अनुपस्थित भएपछि मनाङेसँग सम्पर्क बनाउने प्रयास भएको थियो ।

तर, उनी पनि स्वीच अफ गरेर बसेका थिए । मनाङेले उक्त दिन मतदान गरेको भए सरकार ढल्थ्यो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । काँग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३, जसपाका २ र दिपक मनाङे स्वतन्त्र सासद छन् । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय