बिहिबार , चैत्र १५, २०८०

सङ्खुवासभा

नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य माइला लामा सङ्खुवासभा कारागारबाट धरौटीमा छुट्नु भएकाे छ।

विप्लव समूहका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज समेत रहेका माइला लामा धरौटी रकम बुझाएपछि बिहीवार रिहा हुनुभएकाे सङ्खुवासभाका कारागाार प्रमुख विनोद अधिकारीले बताउनुभयो । उहाँका अनुसार लामा २५ हजार रुपैयाँ धरौटी रकम बुझाएर कारागारबाट छुट्नु भएकाे हाे ।

कारागारबाट रिहाइ भएका लामा आज काठमाण्डौ जाने तयारीमा रहनु भएकाे बुझिएको छ । सरकार र विप्लव समूहबीच गएकाे फागुन २१ गते भएको सहमतिको दुई महिनापछि लामा रिहा हुनुभएकाे हाे । गृह मन्त्रालयले विप्लव कार्यकर्ता रिहा गर्न सर्कुलर गरे पनि उनीहरु छुटेका थिएनन् ।

लामालाई २०७६ साउन ५ मा काठमाण्डौबाट पक्राउ गरी सङ्खुवासभा कारागार ल्याइएकाे थियाे । जिल्ला अदालत सङ्खुवासभाले सङ्गठित रूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

सङ्खुवासभा कारागारमा विप्लव कार्यकर्ताहरु लामासहित अन्य ८ जना सङ्खुवासभा इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई रहेका थिए । उनीहरु भने रिहा भएका छैनन् ।

यो पनि

रुकुम पूर्व : सरकारकाे निर्णय विपरीत विद्यालयमा परीक्षा सञ्चालन

रुकुम – नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणदर बढिरहेको बेला विद्यार्थीहरुको स्वास्थ्यलाई बेवास्ता गर्दै रुकुम पूर्वको एक गाउँपालिकाले विद्यालयहरुमा परीक्षा सञ्चालन गरिरहेकाे छ।

नेपाल सरकार र जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्देशनकाे अवज्ञा गर्दै सिस्ने गाउँपालिकाले पालिकाभरका १० ओटा विद्यालयमा कक्षा १० को ल्याकत परीक्षा सञ्चालन गरिरहेको छ।

सिस्ने गाउँपालिकामा रहेका ९ वडा सामुदायिक र १ ओटा संस्थागत विद्यालयमा हिजोबाट कक्षा १० को परीक्षा सुरु भएकाे सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।

सरकारले तोकेकाे स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उहाँकाे दाबी छ । कक्षा १ देखि ९ सम्मको परीक्षा आउँदाे २२ गतेदेखि सुरु गरिने निर्णय भएकाे शिक्षा शाखा प्रमुख बुढाले बताउनु भयाे।

परीक्षा दिन आएका विद्यार्थीहरुले उपस्थित नभएमा फेल भइने डरले बाध्य भएर परीक्षा दिन जानु परेको प्रतिक्रिया दिएका छन् ।

सबैतिरका विद्यालय र परीक्षाका कार्यक्रमहरु स्थगित भएको बेला स्थानीय सरकारले विद्यार्थीको स्वास्थ्य अवस्थाको जोखिमलाई बेवास्ता गरेको उनीहरुकाे गुनासाे छ ।

डीसीसीएमसीले कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न विद्यालयमा पठनपाठन र परीक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।

केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी राईले गाउँपालिकाहरुलाई पटक-पटक अनुरोध गर्दा पनि निर्णयको नमानेको बताउनु भएकाे छ ।

आजैबाट कोरोना परीक्षणको कार्यलाई तीव्र पार्ने र सङ्क्रमित भेटिएमा स्थानीय प्रशासन ऐनकाे आधारमा रहेर विद्यालय बन्द गराउने उहाँले बताउनुभयो । यहाँकाे भूमे गाउँपालिकाले पनि आउँदाे १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ भने पुथाउत्तरगंगा गाउँपालिकाले वैशाखको २० गतेबाट वार्षिक परिक्षा सञ्चालन गर्ने तयारी गरिरहेकाे छ। उज्यालो अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय