शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सरकार जोगाउनका लागि भइरहेका क्रियाकलापले गणतन्त्रलाई नांगो बनाएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सरकार जोगाउनका लागि भएका घटनाले गणतन्त्रलाई नांगो बनाएको बताएका हुन्।

उनले संघीयता बोझ भएकाले त्यसको विकल्प सोच्न हतार समेत भएको बताए।

‘कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउन/जोगाउन जेजस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ। संघीयता बोझ मात्र होइन, राजनीतिक विकृतिको भण्डार साबित भएको छ। गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको छ। संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार गर्न ढिला नगरौं।’ उनले पोष्ट गरेका छन्।

यो पनि

निषेधाज्ञामा सवारी पास: कसले पाउने, कसले नपाउने?

जिल्ला प्रशासन कार्यालय भक्तपुरले निषेधाज्ञामा चल्न पाउने र नपाउने सवारी साधनको वर्गीकरण गरेको छ।

नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएपछि संक्रमण नियन्त्रणका लागि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन सवारी साधनको वर्गीकरण गरेको हो।

भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले निषेधाज्ञालाई पूर्ण पालना गर्न तथा निषेधाज्ञा अवधिभर घर बाहिर जान परेमा सवारी पास लिएर र जनस्वास्थ्य मापदण्ड पालना गरी घरबाट निस्कन सकिने बताए।

उनले निषेधाज्ञालाई कडाइका साथ लागू गर्नका लागि प्रशासन कार्यालयले पास आवश्यक पर्ने र आवश्यक नपर्ने भनी वर्गीकरण गरेको बताए।

कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरूवा (बढीमा २ जना) स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनका लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ।

त्यसै सवारी पास आवश्यक नपर्ने सवारी साधनका वर्गमा अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयले सवारी पास आवश्यक पर्नेहरुको सूचीमा सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागवाट जारी भएको अनुमति पास लिएको सवारी साधन, विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रशासन कार्यालयबाट अनुमति पास लिएका सवारी साधन, अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गरिने जनाएको छ।

त्यस्तै अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने अवस्था भएमा पनि सवारी साधन प्रयोग गर्न पास लिनुपर्ने भएको उनको भनाइ छ। नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय